काठमाडौँ — नेपाल सरकारले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको कीर्तिपुरस्थित परीक्षा नियन्त्रण कार्यालयको पश्चिततर्फको ६० रोपनी जग्गामा नेफ्रोलोजी र युरोलोजी भवन र राष्ट्रिय रोग निदान केन्द्रका लागि स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता पार्वत गुरुङले शिक्षा मन्त्रालयको प्रस्तावमा त्रिवि चिकित्साशास्त्र अध्ययन अन्तर्गत नेफ्रोलोजी र युरोलोजी लगायत अन्य जटिल रोगको अध्ययन /अध्यापन तथा तालिमसहित विशिष्ट सेवा प्रदान गर्ने मेडिकल सुपर स्पेसियालिटी केन्द्र बनाउने स्वीकृति दिइएको बताए ।
त्रिविस्थित ६० रोपनी जग्गामा राष्ट्रिय रोग निदान केन्द्र निर्माण हुने
त्रिविस्थित ६० रोपनी जग्गामा राष्ट्रिय रोग निदान केन्द्र निर्माण हुने
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

