काठमाडौं । सरकारले कोरोना विरुद्धको चिनियाँ भेरोसेल खोप बुधबारदेखि लगाउने व्यवस्था मिलाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप चैत २५ गतेदेखि लगाउने निणर्य गरिएको छ । काठमाडौंका तोकिएका अस्पतालबाट खोप उपलब्ध गराउने निणर्य गरिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले अत्यावश्यक सेवामा संलग्न व्यक्ति, चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययनरत विद्यार्थी र हिमालयपार व्यापारमा संलग्न व्यक्ति र चीनमा अध्ययनको लागि जाने तयारीमा रहेका व्यक्तिहरुले लगाउन सक्ने बताए । अत्यावश्यक सेवामा स्वास्थ्य सेवा, खानेपानी, दुग्धपदार्थ वितरण, हवाई यातायातका सेवा र औषधि व्यवसायमा संलग्नहरू पर्छन् ।
सो खोप करिब २८ दिनको अन्तरालमा दुई मात्रा लगाउनु पर्छ ।चिनियाँ खोप कम्पनी सिनोफार्मअन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ-२ भ्याक्सिन (भेरोसेल) खोपको आठ लाख डोज खोप ल्याइएको छ । अनुदानमा प्राप्त उक्त खोप १६ चैतमा नेपाल ल्याइएको थियो ।सो खोप करिब २८ दिनको अन्तरालमा दुई मात्रा लगाउनु पर्छ । औषधि व्यवस्था विभागले सो खोपलाई फागुन ४ गते आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो ।
भेरोसेल खोप चैत २५ देखि लगाइने
भेरोसेल खोप चैत २५ देखि लगाइने
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

