मुगु । मुगुको सोरु गाउँपालिका–५, नेरगाउँकी सुत्केरीको समयमा उपचार नपाउँदा मृत्यु भएको छ । नेरगाउँकी २३ वर्षीया सुत्केरी धनलक्ष्मी शाहीको साल अड्किएर बिहीबार ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
धनलक्ष्मीले घरमै बच्चा जन्माए पनि साल अड्किएपछि रक्तश्राव भएको र समयमै उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले बताए ।उद्धारका लागि हेलिकप्टर तयार गर्दागर्दै धनलक्ष्मीको मृत्यु भएको हुनगएको प्रजिअ सिवाकोटीको भनाइ छ । सञ्चारको असुविधाले गर्दा ढिला गरी खबर आइपुगेको पनि उनले बताए । जिल्ला सदरमुकामदेखि नेरगाउँ २ दिनको पैदल दूरीमा रहेको छ ।
उपचार नपाउँदा सुत्केरीको मृत्यु
उपचार नपाउँदा सुत्केरीको मृत्यु
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

