काठमाडौं । सरकारले कोरोना विरुद्धको कोभिसिल्ड खोप फागुनको पहिलो सातादेखि सबै सरकारी कार्यालय र स्थानीय जनप्रतिनिधिहरुलाई पनि उपलब्ध गराउने भएको छ ।
फागुन २ गतेदेखि फागुन ८ गते सम्म जिल्लास्थित सबै सरकारी कार्यालय र स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, सोहि मितिमा सार्वजनिक संस्थान तथा बैंकका कर्मचारीहरु, सञ्चारकर्मी, सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मीलाई पनि खोप लगाइने छ ।
यस अघि पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई पनि तोकिएको स्वास्थ्य संस्था एवं खोप केन्द्रमा कोभिड –१९ खोप लगाइने छ । खोप लगाउन जाँदा सबैले आ आफ्नो कार्यालयको परिचय पत्र साथमा लिएर आउनु पर्ने मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।
माघ १४ गतेदेखि कोभिसिल्ड खोपको पहिलो अभियान शुरु भएको थियो । हालसम्म १ लाख ८४ हजार भन्दा बढीले खोप लगाइसकेका छन् । भारत सरकारको अनुदानमा उपलब्ध खोप गत माघ ८ गते नेपाल ल्याइएको थियो ।
सरकारी कर्मचारी र जनप्रतिनिधिलाई खोप
सरकारी कर्मचारी र जनप्रतिनिधिलाई खोप
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

