काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर औषधि आयात गरि बिरामीलाई उपलब्ध गराउन तीनवटा फर्म,फार्मेसीलाई अनुमति दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रेम्डेसिभिर आयातकर्ता तीनवटा फर्म फार्मेसिबाट अस्पताल एवं सर्वसाधारणले समेत सहज रुपमा खरिद गर्न सकिने बताए । यति फार्माकेम डिस्ट्रिब्युटर प्राईभेट लिमिटेड, सिनर्जि ओभरसिज प्राईभेट लिमिटेड र मेट्रो ल्याब्स लिमिटेड, भारतलाई विक्रि वितरणकालागि अनुमति दिईएको हो । यी तीनवटा फार्मेसिले औषधि व्यवस्था विभागबाट आयात तथा विक्रि वितरणकालागि अनुमति लिएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले अस्पताल र सर्वसाधारणले समेत रेम्डेसिभिर औषधि खरिद गरि प्रयोग गर्न सकिने बताए ।कोरोना भाइरस संक्रमण विरुद्ध कुनै पनि औषधि नभएको सन्दर्भमा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनकालागि रेम्डेसिभिर नामक औषधि प्रयोगमा ल्याएको छ ।

