काठमाडौं । प्यूठान जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म प्यूठानमा कोरोना संक्रमितको संख्या ४ सय ६ जना पुगेका छन् ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार, पीसीआर परीक्षणमा हालसम्म प्यूठानमा ४ सय ६ जना संक्रमितको पुष्टि भएको छ ।जसमध्ये ३ सय ७३ जना पुरुष र ३३ जना महिला छन् ।
संक्रमित मध्ये अधिकांश भारतबाट फर्केकाहरु रहेका छन् ।

