काठमाडौं । सुदूरपश्चिममा कोरोना नियन्त्रण तथा रोकथामको अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र भारतबाट भित्रिएकालाई क्वारेन्टाइनमा ओसारपसार गर्ने सवारी चालकमा संक्रमण बढेको छ । सुदूरपश्चिममा हालसम्म अग्रमोर्चामा खटिएका २१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमका १२ स्वास्थ्यकर्मीमा कोराना पुष्टि भएको छ ।पछिल्लो समय भारतबाट भित्रिएकामा संक्रमण बढी देखिएकाले उनीहरुको उद्धार र व्यवस्थापनमा खटिएकामा पनि संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । सुदूरपश्चिममा शुक्रबारसम्म ६ सय २५ जनामा कोरोना पुष्टि भएको छ, जसमध्ये ९० प्रतिशत जेठमा भारतबाट भित्रिएका छन् ।
सुदूरपश्चिममा १२ स्वास्थ्यकर्मीमा कोराना पुष्टि
सुदूरपश्चिममा १२ स्वास्थ्यकर्मीमा कोराना पुष्टि
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

