काठमाडौं । कोठामा ग्यासमा खाना पकाउँदै हुनुहुन्छ ? होशियारी अपनाउनुहोस । ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा मंगलबार (जेठ २० गते) मृत्यु भएको प्रहरीले जनाएको छ।
बनेपा नगरपालिका–७ तरकारी बजारका रुकेश ठकुरीको घरमा गत जेठ १६ गते बिहान ग्यास पाइप चुहिएर आगलागी हुँदा पाँच जना घाइते भएका थिए।
घाइते सबै जनाको काठमाडौँस्थित किर्तीपुर वर्न सेन्टरमा उपचार भइरहेको थियो । मंगलबार २६ वर्षिय रुकेश शाह ठकुरी र १६ वर्षिय आयुष ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जाकारी दिए।घाइतेमध्ये शोफिया ठकुरी, रचना ठकुरी र मनिष शाह ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।
आगलागीबाट कोठाको ढोका र झ्यालहरुमा क्षति पुगेको थियो।

