काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीको क्रममा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले उठाएको कदम र गतिविधिबारे स्वतन्त्र छानबिन हुने भएको छ । यूरोपेली संघले विश्व स्वास्थ्य सङ्गठनको साधारण सभामा सङ्गठनको भूमिकामाथि सवाल उठाउँदै छानविनको माग गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा। अद्नोम गेब्रेससले महामारीको क्रममा सङ्गठनको जवाफदेहितासम्बन्धमा गरिएको आलोचनाको जवाफ दिने क्रममा उक्त घोषणा गरेका छन । । उनले आफ्नो बचाउ गर्दै डब्लुएचओले नियमित र सुरुवाती अवस्थामा नै महामारीबारे विश्व समुदायलाई सचेत गराएको दावी गरे ।
यूरोपेली संघको प्रस्तावको स्वागत गर्र्दै महानिर्देशक गेब्रेससले सदस्य राष्ट्रलाई विश्वासमा लिएर विश्व स्वास्थ्य सङ्गठनको भूमिकाबारे छानबीन गर्न स्वतन्त्र समिति छिट्टै गठन गरिने जानकारी दिए । साधारण सभालाई सम्बोधन गर्दै उनले भने, “विगतले शिक्षा दिन्छ, छिट्टै नै समिति गठन गरेर आएको निस्कर्षबाट विगतको अनुभवले दिने सन्देशबाट सिक्ने तथा कमीकमजोरीलाई विश्वव्यापी महामारीको बेला तयारी र जवाफदेहिताको सन्दर्भमा राम्रो गर्ने अवसर जुराउनेछन् । ”
कोरोना भाइरस पहिलोपटक चीनको वुहान शहरमा फेला परेको थियो । सङ्क्रमण फैलन नदिन विश्व स्वास्थ्य सङ्गठनले समयमै उपयुक्त कदम नचालेको भन्दै उसको आलोचना हुँदैआएको छ । चीनलाई सहयोग गर्ने क्रममा सुचना लुकाएको आरोप अमेरिकाले लगाउँदै आएको छ ।
डब्लुएचओको भूमिकाबारे छानविन समिति
डब्लुएचओको भूमिकाबारे छानविन समिति
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

