काठमाडौं । मानवजातिमाथि शताब्दीकै सबैभन्दा ठूलो संकट पैदा गरेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण मुलुकमा बढ्दै गएपछि सरकारले नागरिको जीवनरक्षालाई प्रमुख प्राथमिकतामा राखेको छ । निरोगी नेपाल यस सरकारको मूल स्वास्थ्य नीति रहेको जनाइएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि बनाएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रति विद्यादेवी भण्डारीले मानिसको जीवनरक्षा र मानवजातिको संरक्षण सरकारको सर्वोच्च कर्तव्य हुन आएको बताइन । ‘नेपाललाई कोभिड १९ को महामारीयुक्त देश बनाउनु सरकारको पहिलो प्राथमिकता भएको छ । सरकारले महामारीको रोकथामको लागि अपनाउनु पर्ने स्वास्थ्य सजगताका व्यवस्थाहरुको पालना गर्ने ÷गराउने छ । यस महामारीबाट कुनै पनि व्यक्तिको ज्यान जाने अवस्था आउन नदिन सरकारदृढता पूर्वक लागेको छ । ’ उनले भनिन ।
हालसम्म मुलुकमा २ सय ६७ जना व्यक्तिमा कोरोना संक्रमण भएको छ । काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाहरुमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढेको छ । यद्यपि, संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले संक्रमणको परीक्षणलाई व्यापक बनाउने, औषधि, उपकरण र चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुको पर्याप्त व्यवस्था र परिचालन गर्ने जनाएको छ । महामारी माथी विजय प्राप्त गर्न आगामी दिनमा अझ बढी सर्तकता, समन्वय र एकता आवश्यक भएकोले एकढीक्का भएर दृढताका साथ लाग्न राष्ट्रपति भण्डारीले आहवान गरिन । ‘संक्रमण प्रारम्भ भए लगत्तै अवलम्बन गरेको स्पष्ट रणनीति, समन्वयात्मक कार्यशैली र सबै नेपालीको एकता, धैर्य र सहयोगले अहिलेसम्म यस रोगको सङ्क्रमणबाट सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौं । ’ उनले भनिन ।
कोरोना संक्रमणको जोखिमपूर्ण परिस्थितिमा अग्रपङतिमा रहेर क ार्य गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, एम्बुलेन्स चालक लगायत सम्पुर्ण राष्ट सेवकको उनले उच्च पसंसा गरिन । सरकारको कदममा पुर्ण साथ दिई सहयोग गर्नेपति आभार व्यक्त गरिन । त्यस्तै कोरोना रोकथाम, उपचार र नियन्त्रण कोषमा रकम उपलब्ध गराउनेलाई धन्यवाद दिइन ।
कोरोना महामारिबाट लडन विश्वस्तरमै मौजुदा स्वास्थ्य सेवा र सुविधाहरु अपर्याप्त देखिएको बेला सरकारले कोरोना लगायत अन्य महामारीजन्य समस्या निम्तिने अवस्थालाई ध्यान दिएको छ ।
कोरोना विरुद्धको कार्ययोजना
सरकारले कोराना महामारि लम्बिन गएको अवस्थामा थप प्रभावकारि कदम चाल्ने जनाएको छ । कार्यक्रमको पुनः प्राथमिकिकरण र समायोजन समेत गरि स्रोत साधन परिचालन गरिने भएको छ ।
महामारिसँग जुध्नु परिरहेको विषम परिस्थितिमा पनि मुलुकलाई समृद्ध बनाउने र सबै नेपालीलाई सुखी बनाउने राष्टिय अभियानमा सरकार थप सुदृढताका साथ अघि बढने प्रतिबद्धता समेत नीति तथा कार्यक्रममा व्यक्त गरिएको छ । आगामी आर्थीक वर्ष स्वास्थ्य संस्थाहरुको स्थापना एवं स्तरोन्नति, पुर्वाधार विकास ,जनशक्ति व्यवस्था र सेवाको समतामुलक पहुँच एवं गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुनः संरचना गरिने भएको छ । विगतका वर्षको तुलनामा यस वर्ष स्वास्थ्य बजेट वृद्धि हुने देखिएको छ ।
निरोगी नेपाल निर्माण गर्ने स्वास्थ्य नीति
निरोगी नेपाल निर्माण गर्ने स्वास्थ्य नीति
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

