काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण छिटै अन्त्य हुने आम नागरिक अपेक्षा विपरित विश्व स्वासथ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस को संक्रमण तत्काल समाप्त नहुने चेतावनी दिएको छ ।
बुधबार जेनेभामा भएको भर्चुअल पत्रकार सम्मेलनमा डब्लूएचओका आपत्कालीन विभागका प्रमुख डा. माइकल ऱ्यानलेऱ्यानले कोरोना भाइरसको बारेमा आधारहीन भविष्यवाणी नगर्न पनि चेतावनी दिए । कोरोना भाइरसको अवधि तोकेर बस्नुभन्दा पनि यसको नियन्त्रण र रोकथाममा बृहत् प्रयास गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । डाक्टर ऱ्यानले भने ‘ कोरोना भाइरस हामीबीच क्षेत्रविशेषको भाइरस बनेर बस्ने सम्भावना रहेको छ । र, यो कहिल्यै निर्मूल नहुन पनि सक्छ । यसमा कुनै वाचा र मिति छैन । यो रोग दीर्घकालीन समस्या हुन सक्छ वा नहुन पनि सक्छ ।’
डा ऱ्यानले एचआईभी भाइरस पनि समाप्त नभएको उदाहरण दिँदै कोरोना भाइरसका बारेमा मिति तोक्ने काम र वाचा नगर्न पनि सबैलाई सुझाव दिए। उनका अनुसार बिनाभ्याक्सिन आम सर्वसाधारणलाई रोगप्रतिरोधात्मक क्षमताको उपयुक्त स्तर हासिल गर्न वर्षौं लाग्न सक्नेछ ।
कोरोना भाइरसको भ्याक्सिन बनाउनका लागि विभिन्न देशले सयौं प्रयास गरे पनि विज्ञहरुका अनुसार तत्काल कुनै भ्याक्सिन तयार हुने लक्षण देखिएको छैन । कोरोनाविरुद्ध कुनै उपचार पद्धति विकास नहुँदै विश्वका कयौं देशले लकडाउन खुकुलो बनाएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा ट्रेडोस एडहानोम गेहब्रेयससले लकडाउन खुकुलो गर्दै जाने हो भने अझ तीव्र रूपमा संक्रमण फैलिने बताएका छन् । डा। ट्रेडोसले भने, ‘कतिपय देशले लकडाउनबाट बाहिर आउनका लागि विभिन्न तरिका अपनाएका छन् । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशलाई अलर्ट रहन सल्लाह दिइरहेको छ । प्रत्येक देशले अहिले पनि उच्चतम स्तरमा सतर्क रहन आवश्यक छ ।’डा। ऱ्यानले पनि कैयौं देशले लकडाउन खोलेर ‘जादुयी’ पाराले कोरोना भाइरसको संक्रमण रोक्न सकिन्छ भनेर सोचेको बताएका छन् । विश्वकै जनजीवन सामान्य हुन लामो समय लाग्ने पनि डा। ऱ्यानले बताए । उनले भने, ‘हामीले वास्तविक अवस्थालाई हेरेर सोच्नुपर्छ । मलाई लाग्छ, अहिले कोरोना भाइरस कहिलेसम्म रहन्छ भनेर कसैले पनि भन्न सक्दैन । यसको निदानको प्रक्रिया लामो हुन सक्छ ।’
त्यस्तै डब्लूएचओकी संक्रामक रोग विशेषज्ञ मारिया भेन केरखोवेले पनि कोरोना महामारीबाट छुटकारा पाउन लामो समय लाग्न सक्ने बताइन। सन १९१९ को
डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका ९ जेठ बिहानसम्म विश्वभर २ लाख ९७ हजार २ सय २६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ४३ लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमण पुष्टि भएकामध्ये करिब १५ लाख ५० हजार निको भएका छन् । कोरोना भाइरसका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ

