५६ वर्षिय शंकर कायस्थलाई पिसाब फेर्न मन लागिरहन्छ । जब उनी पिसाब फेर्ने तयारी अवस्थामा हुन्छन् त्यतिबेला सकस पर्छ । नाइट बसमा यात्रा गर्न असजिलो मान्ने गरेका अधिकारी भन्छन,‘ गाडी रोकेको बेला पिसाब फेर्न गयो । अरु यात्रुले फेरेर आइसक्छन । आफुलाई भने पिसाब नै झर्दैन । कन्नु पर्छ ।’
उमेर बढदै जाँदा पुरुषको शरिरमा हुने प्रोस्टेट ग्रन्थि पनि स्वभाविक रुपमा बढ्दै जान्छ । अहिले नेपालीको औसत आयु ७१ वर्षरहेको छ । आयु वृद्धिसँगै प्रोस्टेट ग्रन्थी पनि वृद्धिहुने भएकोले यसका विरामीहरु बढ्दै गएको चिकित्सकहरु बताउँछन ।
प्रोस्टेट ग्रन्थी वृद्धि हुँदै जाँदा यसले विस्तारै मुत्रनलि (पिसाब वाहिर निष्काशन गर्ने नलि) मा दबाब दिन थाल्छ । मुत्रनलिलाई च्याँप्न शुरु गर्छ । पिसाब फेर्न धौ —धौ हुन्छ । चालिस वर्षदेखि यो ग्रन्थिको वृद्धि हुँदै गएपनि ६० वर्ष माथिका व्यक्तिलाई यसले बढी सताएको छ । वंशाणुगतरुपमा पनि यो समस्याले पिरोलेको पाइएको छ । बंशमा कसैलाई प्रोस्टेटको समस्या देखा परेको छ भने त्यस्ता व्यक्तिको प्रोस्टेट बढ्ने समस्या देखिने गरेको बरिष्ठ युरोलोजिष्ट डा. उत्तम शर्मा बताउनु हुन्छ । अभिभावकमा यो समस्या छ भने सन्तानमा हुने संभावनाबढी देखिएको छ ।
लक्षणहरु
पिसाब फेर्न लाग्दा तत्कालै नआउने
पिसाबगर्न गाह्रो भइ बल लगाउनु पर्ने
पिसाब तुरुरु नगई थोपा ÷थोपा झर्ने
पिसाबको धार तथा वहाव नजिकै खस्ने
पिसाब फेरेपछि ननिख्रिएको महशुश हुने
पिसाब फेरे पनि सन्तोष अनुभुति नहुने
रातीको समयमा धेरै पटक पिसाबलाग्ने
पिसाब थाम्न नसक्ने
कपडामा चुहिने
पिसाब पोल्ने
मुत्र नलीमा दुःखाई अनुभुति हुने
पिसाबमा रगतसमेत देखिने
सेवन गर्ने
पर्याप्त पानी पिउने
पिसाब चाँडै फेर्न नपरोस तथा पिसाब सङलो फेर्न सकिने गरि पानी सेवन गर्ने
प्रशस्त हरियो सागपात, फलफुल ,तरकारी खाने
भिटामिन सि युक्तखानेकुराहरु, टमाटर,गोलभेंडा,
बन्दगोभी, फुलगोभि, ब्रोकाउली,केराउ
काजु,बदाम, ओखर
टुंसा उम्रेको गेडागुडी
सेवन नगर्ने
चिल्लो खानेकुरा
रातो मासु ,मसला
धुम्रपान, मद्यमान
रोकथाम
पिसाब रोकेर नबस्ने
पिसाब थैलीमा पिसाब लामो समयसम्म संचय हुन नदिने
पिसाबको संक्रमण हुन नदिने
हलुका व्यायाम तथा प्रणायाम गर्ने
एउटै आसनमा लामो समय नबस्ने
तनावपुर्ण कामहरु सकभर नगर्ने
दौडधुप नगर्ने
हताश र तनावमा नबस्ने
समयमै जाँच गर्ने

