काठमाडौं । मोरङस्थित विराटनगर अस्पताल एवं विराट नर्सिङ होमभित्रको मेडी प्लस फार्मेसीले म्याद सकिएको औषधि विक्रि गरिरहेको पाइएको छ ।
स्वास्थ्य सेवा विभागले गरेको अनुगमनका क्रममा सो तथ्य पाइएको हो । म्याद सकिएका औषधि उत्पादकलाई फिर्ता पठाउनु पर्छ ।फार्मेसीको नविकरण म्याद समेत २०७६ माघमा सकिएको पाइएको छ । विराटनगरस्थित महेश मेडिकल हल र पश्चिमबासी फार्मेसीमा विज्ञ विना नै औषधि समेत विक्रि गरिरहेको पाइएको छ । अनुमति प्राप्त व्यवसायी तजा फार्मेसिस्टले मात्र औषधि विक्रि गर्न पाउँछन ।
औषधि व्यवस्था विभागका विराटनगर प्रमुख सन्जीव कट्टेलका अनुसार, मान्यता प्राप्त विज्ञ नरहेको र औषधि विक्रिमा पनि अन्य व्यक्ति संलग्न रहेको पाइएपछि कारवाही प्रक्रिया अघि बढाइएको छ । फार्मेसी दर्ता प्रमाणपत्र (लाइसेन्स) नियन्त्रणमा लिई औषधि विक्रि बन्द गर्न निर्देशन दिइएको छ ।

