काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डीराज दाहाल एक लाख २० हजार भन्दा बढी घुस रकम सहित आइतबार पक्राउ परेका छन् ।
भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडेका ५० वर्षीय लेखा अधिकृत दाहालले बिभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस (रिसवत) वापत रकम लिई कार्यकक्षमा लुकाई राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । अख्तियारबाट खटिई गएको टोलीले लेखा अधिकृत दाहाललाई घुस (रिसवत) वापतको रकम एक लाख बीस हजार आठ सय पचास रुपैयाँ, मोबाइल डिभाइस थान र अन्य सम्बन्धित कागजातहरु सहित उनकै कार्यक्षबाट पक्राउ गरेको हो ।
लेखा अधिकृत दाहाललाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
एक लाख २० हजार घुस सहित वीर अस्पतालका लेखा अधिकृत पक्राउ
एक लाख २० हजार घुस सहित वीर अस्पतालका लेखा अधिकृत पक्राउ
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

