काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा उपलब्धिहरु सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या क्षेत्रको दीर्घकालिन सुधारकोलागि मार्गचित्र कोर्न सफल भएको दावी गरेका छन् ।
मन्त्री पौडेलले ९ बुँदे उपलब्धि प्रस्तुत गरेका छन् । मन्त्री पौडेलले संवैधानिक दायित्व तथा संघियता कार्यान्वयन ( समन्वय र सहकार्य), नीति तथा कानुनी व्यवस्था, स्वास्थ्य बीमा तथा सामाजिक स्वास्थ्य सुरक्षा, एकीकृत स्वास्थ्य प्रणाली( पूर्वाधार, जनशक्ति र चिकित्सा शिक्षा)मा उल्लेखनीय कार्य भएको दावी गरेका छन् । त्यस्तै डिजिटल हेल्थ, निरोगि नेपाल अभियान, गुणस्तरीय स्वास्थ्य प्रवाह र विस्तार, स्वास्थ्यमा साझेदारि र समन्वयका साथै मानव पूँजीमा आधारित जनसांख्यिक लाभको उपयोग बढाउने सन्दर्भमा प्रगति हासिल भएको उनको भनाई थियो ।
पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आम नागरिकलाई स्वास्थ्य सेवाको अधिकतम लाभ पुर्याउने संकल्पका साथै स्वास्थ्य तथा जनसंख्या क्षेत्रको दीर्घकालिन सुधारकोलागि मार्गचित्र कोर्न सफल भएको बताए । उनले थपे, ‘चालु आर्थिक वर्षको अन्त्यसम्ममा हामीले थालेका सुधारका अभियानले पूर्णता पाई नेपालको स्वास्थ्य क्षेत्र नयाँ उचाईमा पुग्ने विश्वास दिलाउन चाहन्छु । ’ मन्त्री पौडेलले पाँच वर्षभित्र १२ हजार जनशक्ति थप गर्ने प्रयास स्वरुप २१ शय जनशक्ति सहितको संगठन सुधार गर्न सर्वेक्षण प्रतिवेदन तयार गरि मन्त्रीपरिषद्मा स्वीकृतिकोलागि अन्तिम चरणमा रहेको जानकारी गराए । मन्त्री पौडेलका अनुसार, संघ, प्रदेश र स्थानीयतहबीच समन्वय गर्न विषयगत समिति र राष्टिय जनस्वास्थ्य समितिलाई क्रियाशील बनाइएको छ । स्वास्थ्य बीमा ऐन र नियमावली संशोधन गरी अनलाइन नवीकरण र सहज रिफरलको व्यवस्था गरिएको छ ।स्वास्थ्य बीमाको बक्यौताका कारण देखिएको समस्या हल गर्न चालू आ.व. मा हालसम्म बाँकी रहेको भुक्तानी दावी रकम परीक्षण गराई यसै आर्थिक वर्षमा फरफारक गर्ने व्यवस्था मिलाईएको छ । त्यस्तै नागरिकको सास्ती हटाउन आफू बसेकै स्थानबाट समेत प्रथम बिन्दुको सेवा लिन सकिने व्यवस्था गरिएको छ । प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रथम सेवा विन्दु रहने व्यवस्था गरिएको छ । दीर्घ रोगको उपचारका लागि एक पटक रिफर लिएर गए पछि पुन फलोअपमा जाँदा फेरि रिफर पुर्जा बनाउनु नपर्ने व्यवस्था गरिएको मन्त्री पौडेलले बताए । उनले भने,‘बीमाको म्याद सकिएर नवीकरण गर्नु परेमा घरैबाट अनलाईन मार्फत गर्न सकिने व्यवस्था गरिएको छ ।’
मन्त्री पौडेलका अनुसार, बीमा मार्फत प्राप्त हुने गरी ८ प्रकारका कडा रोग (क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर) का लागि २ लाख बराबरको उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । बीमितले सेवा लिनका लागि बीमा भएको अवधी तीन महिना हुनुपर्ने विगतको व्यवस्था घटाई एक महिनामा झारिएको छ ।
स्वास्थ्य मन्त्री पौडेलको एक वर्षको कार्यकालप्रति जनस्वास्थ्यविज्ञहरु भने सन्तुष्ट देखिंदैनन ।‘ जनताले गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा पाउन सकेनन । स्वास्थ्य चौकीबाट सेवाग्राहिको आकर्षण घटेको छ । स साना रोगका बिरामीहरु पनि ठूला अस्पतालमा धाउन थालेका छन्,’ बरिष्ठ जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी भन्छन,‘ एक वर्षको अवधिमा टुक्रे काम भएका छन् । ९० प्रतिशतको ख्याल गर्नु पर्छ । १० प्रतिशतको पछि लाग्दा ९० प्रतिशत समस्या भुल्नु भयो । ठूला र महत्वपूर्ण काम हुन सकेन ।’
स्वास्थ्य क्षेत्रको दीर्घकालिन सुधारकोलागि मार्गचित्र कोरर्यौ : स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य क्षेत्रको दीर्घकालिन सुधारकोलागि मार्गचित्र कोरर्यौ : स्वास्थ्य मन्त्री पौडेल
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

