नेपाल औषधि व्यवस्थापन विभागमा सूचीकृत नभएको र बिल नभएका औषधि फेला परेपछि एक व्यक्तिलाई पक्राउ गरियो।
OOO
प्रहरीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको टाटा सुमो जिपबाट औषधिहरू बरामद गरी नियन्त्रणमा लिएको हो।
OOO
अधिकारीहरूले थप अनुसन्धान गरिरहेको र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाएको बताएका छन्।
OOO
काठमाडौं । नेपाल औषधि व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल बिनाका औषधीसहित एक जना पक्राउ परेका छन् ।
गत बुधबार राति ११ः३० बजे दक्षिणकाली नगरपालिका ५ फर्पिङ चेकपोष्टस्थितमा चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश०३–००१ ज ०६३८ नम्बरको टाटा सुमो जिप चेकजाँच गर्दा नेपाल औषधि व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल समेत नभएका औषधि फेला परेको हो ।
प्रहरीका अनुसार यी औषधीहरू लुकाएर ल्याइएको अवस्थामा फेला पारी उक्त औषधिसहित ओधारपसी गाउँपालिका ५ जगनाथपुर घर भएका ३२ वर्षीय मुनिश दासलाई नियन्त्रणमा लिइएको छ ।
सिल्डेनाफिल ट्याब्लेट आईपी १०० एमजीको तीन हजार पाँच सय आठ ट्याब्लेट, पेन्टेट –४० को बराबर पाँच हजार ट्याब्लेट, सिल्डेनाफिल साइट्रेट एण्ड डापोक्सेटिन ट्याब्लेट दुई हजार दुई सय अठ्ठाइस ट्याब्लेट, कम्बिप्याड अफ मिफेप्रिस्टोन एण्ड मिसोप्रोस्टोल ट्याब्लेट आईपी क्लियर किट चार सय ट्याब्लेट र प्रेग्नट किट नौ हजार दुई सय पचास ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
आवश्यक कारबाहीको लागि प्रहरीले दासलाई औषधी व्यवस्था विभाग बबरमहल, काठमाडौं पठाएको छ । यस घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहोराले जानकारी दिए ।

