विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन मनाइने विश्व स्वास्थ्य दिवस यस वर्ष नेपालमा “सबैका लागि स्वास्थ्य” भन्ने नाराका साथ मनाइँदैछ । स्वास्थ्य प्रवद्र्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्य सहित यो दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य संगठनको ७५ औँ वार्षिकोत्सव रहेकोले पनि यो वर्षको विश्व स्वास्थ्य दिवस विशेष रहेको छ । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको पाँच वर्ष पछि सन् १९५३ मा नेपाल सदस्य राष्ट्र बनेको थियो । जनस्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका सफलताहरूको स्मरण गर्नुको साथै वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूको सम्बोधन गर्न स्वास्थ्य प्रणालीलाई अभैm सुदृढ बनाउने अवसरको रुपमा पनि यस दिवसलाई लिइएको छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभुत गरेको छ । सबै नागरिकमा स्वच्छ खानेपानी तथा सरसफाई, खाद्य सुरक्षा, स्वच्छ र स्वस्थ वातावरण सुनिश्चित गर्दै सर्वसुलभ स्वास्थ्य सेवामा सबैको समान पहुँच पु¥याउन नेपालले निरन्तर काम गर्दै आइरहेको छ । नेपालले स्वास्थ्यका क्षेत्रमा तय गरेका लक्ष्य हासिल गर्न र अन्तर्राष्ट्रिय मञ्चमा स्वास्थ्यसम्बन्धी गरेका प्रतिबद्धता पुरा गर्न स्वास्थ्यका नीति, कार्यक्रम र सेवालाई व्यापक बनाउँदै लगिएको छ ।
नेपालले राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन तथा नियमावली, कार्यक्रम र कार्य योजनाको विकास र कार्यान्वयनलाई जोड दिंदै आएको छ । विगत केही दशकदेखि स्वास्थ्य क्षेत्रमा नेपालले उल्लेख्य प्रगति हासिल गर्दै आइरहेको छ । सन् १९७७ (वि. सं. २०३४) मा नेपालबाट विफरको उन्मुलन भएको थियो भने सोही वर्ष नेपालमा विस्तारित खोप कार्यक्रमको सुरुवात भयो । हाल देशभरका सबै स्थानीय तहसम्म राष्ट्रिय खोप कार्यक्रम सञ्चालनमा छ जस अन्र्तगत बालबालिकाको लागि तेह्र संक्रामक रोग विरुद्धको खोपहरु उपलब्ध छन् । त्यसैगरी, वि. सं २०७२ (सन् २०१६) मा खोप ऐन लागु गर्ने दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपाल पहिलो राष्ट्र हो । सन् २०२० मा बालबालिकाको लागि रोटा भाइरस विरुद्ध खोपको सुरुवात गरी नेपालमा झाडापखालाका कारण अस्पताल भर्ना हुने र मृत्यु हुने दरमा उल्लेखिय कमी आउन थाल्यो । कोभिड १९ महामारीका बीच पनि नेपालले सन् २०२२ मा १५ महिना देखि १५ वर्षसम्मका बालबालिकाको लागि टाइडफाइड विरुद्ध खोपको सुरुवात गरी दक्षिण पूर्वी एसिया क्षेत्रमा पहिलो राष्ट्र बन्यो ।
स्वास्थ्य क्षेत्रमा गरिएका पहलहरुको फलस्वरुप नेपालबाट सन् २००५ मा आमा तथा शिशुमा देखिने धनुषटङ्कारको(मेटरनल एण्ड नियोनेटल टिटानस) निवारण, सन् २०१० कुष्ठरोग जनस्वास्थ्य समस्याका रूपमा निवारण, सन् २०१४ पोलियोमुक्त र सन् २०१८ मा ट्रकोमाको निवारण भयो । सन् २०१९ नेपालले हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भयो र हाल पाँच वर्षका बालबालिकाहरूमा यो रोगको व्याप्तता १% भन्दा कम रहेको छ । नेपालमा सन् १९९६ मा ५४३ रहेको मातृ मृत्युदर सन् २०२१ मा १५१ (प्रति १००,००० जीवित जन्म) पुर्याइएको छ भने सन् १९९६ मा ११८ रहेको ५ वर्ष मुनिको बाल मृत्युदर सन् २०२२ मा ३३ (प्रति १,००० जीवित जन्म) पुर्याइएको छ । त्यसैगरी, सन् १९९६ मा ५७% रहेको ५ वर्ष मुनिको बालबालिका देखिने पुड्कोपन सन् २०२२ मा २५% मा रहेको छ ।
स्वास्थ्य आपत्कालिन अवस्थाको पूर्वतयारी र प्रतिकार्यलाई पनि उत्तिकै महत्व दिइएको छ । कोभिड १९ महामारीबाट नेपालले पाठ सिक्दै स्वास्थ्यकर्मीको क्षमता विकास, क्ब्च्क्–ऋयख्द्द को निदानको लागि देशभित्रै च्त्–एऋच् क्षमता विकास र प्रयोगशालाहरूको विस्तारको साथै, जिनोम सिक्वेन्सिंगको लागि संरचनाको स्थापना गरी सञ्चालनमा ल्याइएको छ । नेपाली जनतालाई कोभिड १९ बाट सुरुक्षित राख्न हरसम्भव प्रयास गरिएको छ । बाह्र वर्ष र सोभन्दा माथिका ९०% भन्दा बढी जनसंख्यालाई कोभिड १९ विरुद्धको पूर्ण खोप लगाउन नेपाल सफल भएको छ ।
विश्व स्वास्थ्य दिवसको दिन अप्रिल ७ (चैत २४, २०७९) मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग, टेकुमा एक विशेष कार्यक्रमको आयोजन गर्दैछ । त्यसैगरी, सबै प्रदेश र स्थानीय तहमा “सबैका लागि स्वास्थ्य” विषयमा केन्द्रित भई विभिन्न कार्यक्रम आयोजना गरिँदै छ । स्वस्थ नागरिक नै देशको सर्वाङ्गीण विकासको आधार हो भन्ने मान्यता अनुरुप स्वास्थ्य क्षेत्रलाई अझ सवल, प्रभावकारी र सुलभ बनाउन र “सबैका लागि स्वास्थ्य” सुनिश्चित गर्न नेपाल प्रतिबद्ध रहेको छ । यस विश्व स्वास्थ्य दिवसको अवसरमा सबैको सुस्वास्थ्य तथा दीर्घायुको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक शुुभकामना व्यक्त गर्दछ । साथै, विश्व स्वास्थ्य संगठनलाई ७५ औँ वार्षिकोत्सवको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । विश्व स्वास्थ्य दिवसको सन्दर्भमा जारी प्रेस विज्ञप्ति,चैत २३, २०७९
सबैका लागि स्वास्थ्य
सबैका लागि स्वास्थ्य
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

