काठमाडौं । नेपाल बाल दन्त चिकित्सक संघको नयाँ कार्यसमिति गठन भएको छ । संघको गत शुक्रबार सम्पन्न पाँचौँ राष्ट्रिय सम्मेलनबाट प्रा।डा। पराजीता दीक्षितको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । समितिका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रा.डा. सुमिता उपाध्याय, महासचिवमा डा. मेघा प्रधान, सहसचिवमा डा. संस्कृति खनाल र कोषाध्यक्षमा डा. मनिषा मल्ल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा डा। रस्ना श्रेष्ठ, डा। अमिता राई, डा.गजेन्द्र बिराजी र डा। नम्रता ज्ञवाली चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको छ ।

