काठमाडौं । कान्तिपुर डेन्टल कलेज प्रशासनले लापरवाहीका कारण एक छात्राले आत्महत्याको प्रयास गरेको दावी गर्दै चिकित्सा विद्यार्थी राष्टिय कमिटिले प्रेस विज्ञप्ति जारी गर्दै न्याय नपाए कलेज विरुद्ध आन्दोलन गर्ने चेतावनि दिएको छ ।
कलेज प्रशासनले के गर्यो ?
कान्तिपुर डेन्टल कलेज प्रशासनले परीक्षामा समावेश हुन रोक लगाएकोमा विद्यार्थीले आपत्ति जनाएका छन् । के कारणले परीक्षामा समावेश हुन रोक लगाएको हो भन्ने विज्ञप्तिमा खुलाइएको भने छैन ।

