काठमाडौं । नेपाल औषधि उत्पादक संघ, नेपाल आयुर्वेद औषधि उत्पादक संघ, नेपाल मेडिकल एसोसिएशन, नेपाल औषधि व्यवसायी संघ, रसायन तथा मेडिकल आपूर्ति संघ, नेपाल औषधि विक्री प्रवन्धक संगठन र एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले संयुक्त विज्ञप्ति जारी गर्दै औषधि जस्तो संवेदनशील एवं अत्यावश्यक बस्तुको आपुर्तिमा असहज गराउने कार्य जनस्वास्थ्य प्रतिको खेलबाड भएको जनाएका छन् ।
नेपाल औषधि तथा विक्रि प्रतिनिधि संघ भन्ने संस्थाका केहि सदस्यहरुले औषधि उद्योगिहरु र उद्योगमा कार्यरत व्यवस्थापकहरुलाई बजार प्रवेश गर्न नदिने ,बजारबाट उठाउनु पर्ने रकम उठाउन बन्देज लगाउने, उद्योगको बैठकस्थलमा जर्बजस्ति प्रवेश गरि हुलहुज्जत गरि लाखौं रकम असुल गर्ने जस्ता अव्यवहारिक र कानून विपरितका कार्य गरिरहेकोमा ध्यानाकर्षण भएको जनाएका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा औषधिको बजारीकरण गर्ने सम्बन्धमा विभिन्न बहानामा बजारमा कार्यरत कर्मचारीहरुलाई बिभिन्न हुल, समूह,संस्थाको नाममा कार्य गर्न निषेध गर्ने,कार्यस्थलमा ब्यबस्थापक, निर्देशक लगायत कर्मचारीहरु पूर्व स्वीकृती लिएर मात्र चिकित्सक,थोक बिक्रेता, औषधि पसल, अस्पताल समेतमा कार्य गर्नुपर्ने क्रियाकलाप नेपालको संबिधान र बिद्यमान कानून बिपरित रहेको छ। नेपालको संविधान प्रदत्त अधिकार प्रयोग गरि आफ्नो ब्यापार व्यवसाय संचालन गर्ने हक हनन हुने क्रियाकलाप प्रति हामी गम्भीर रहेका छौ।’

