काठमाडौँ, । स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको अध्यक्षमा डा शालिकराम धिताल निर्वाचित भएका छन ।
उपाध्यक्षमा हेमराज खड्का, महासचिवमा डा भक्तबहादुर केसीलाई चयन भएका छन् ।यस्तै सचिवमा शैलेन्द्र कुमार पाण्डे र कोषाध्यक्षमा विनोदकुमार अर्याल चयन भएका छन् । सदस्यहरुमा शिला श्रेष्ठ, बसन्त चालिसे, रामकुमार श्रेष्ठ, ऋषिराम शर्मा, केशवराज जोशी र प्रविणकुमार गाईँ चयन भएका छन् ।विश्वव्यापीरुपमा स्वास्थ्य क्षेत्रमा देखा परेका चुनौतीहरुलाई स्वास्थ्य प्रवर्धनको दृषिटकोण र सिद्धान्तहरु मार्फत सम्वोधन गर्नु पर्नेमा जोड दिइएको छ ।
स्वास्थ्य प्रवर्धनको मुख्य आधार सन १९८६ को ओटावा चार्टरको घोषणापत्रमा आधारित छ ।
यो संघमा सदस्य हुन् जनस्वास्थ्य विषयमा कम्तिमा स्नातक तह पुरा गरेको हुनु पर्दछ । यो संघ २०७० मा गठन गरिएको हो ।

