१.टेककुमारी पुन
सल्यान, कपुरकोट गाउँपालिका वडा नं ४ किमिचौरकी टेककुमारी पुन ८ कक्षा पढ्दा पढ्दै प्रेम विवाह गरिन् । १६ वर्षमै बिहे गरेकी पुनले विहे गरेको दुई वर्षमै छोरा जन्माइन् । त्यसलगत्तै छोरी जन्मिइन् ।
दुई सन्तान जन्मे पछि उनलाई छुटेको पढाईलाई निरन्तरता दिन मन लाग्यो । कालिका माध्यमिक विद्यालयमा ८ कक्षामा भर्ना भइन् । अहिले एसएलसी पास गर्न सफल भइन् । पुन भन्छिन,‘ क्याम्पस पढ्न शुरु गरिएन । सन्तान पछि पढ्न थाले ।’ उनी महिला स्वास्थ्य स्वयसेविकाको रुपमा गाउँलेको सेवा गर्न थालिन् ।
महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवामा जुटिन् परिवारमा ६ जना सदस्य छन् । परिवारमा घरखर्च चलाउन समस्या हुन थाल्यो । त्यसै क्रममा सहकर्मी समाजको सुशासनमा नागरिक सहभागिता कार्यक्रमका सामुदायिक सहजकर्ता विष्णु गौतमसँग भेट भयो । यो सुशासनमा नागरिक सहभागिता कार्यक्रम सहकर्मी समाज कोहलपुर बाँकेको नेतृत्व र दलित विकास समाजको सह नेतृत्वमा शुरु भएको हो । यो कार्यक्रममा सहभागि हुन उनलाई सहजकर्ता गौतमले सल्लाह दिए । गाउँमा महिलाहरु सहभागि भए । किमीचौर सामुदायिक समूह गठन भयो । समूहमा बसे पछि सदस्यहरुले वचत शुरु गरेको १५ महिना भयो । समूहमा २१ सदस्य छन् । अहिले हरेक महिना प्रतिव्यक्ति दुई सय रुपैंया वचत गर्छन् । वचत गरेको पैसा समूहका सदस्यलाई आवश्यकता अनुसार लगानी गर्छन् । अहिले तरकारी खेति, बाख्रापालन गर्ने सदस्यहरुले समूहबाट ऋण लिएका छन् । बचत र लगानीका सबै हिसाबकिताब समूहका सदस्यले गर्छन् । ‘ समूह गठन भएर वचत गर्नु अघि हामीलाई सापटी पाउन धौ धौ थियो । सापट दिन हिचकिचाउँथे । सापट दिंदा चर्को व्याज लिन्थे, ’ पुनले भनिन्, समूहबाट ऋण लिंदा सस्तो व्याज पर्छ ।’
हरेक महिना समूहको बैठक बस्छ । शुरुमा शुरुमा आपसमा परिचय र छलफल हुँदैनथ्यो । सहजकर्ता विष्णु गौतमका अनुसार, समूहको बैठक, परिचय आदान प्रदान र छलफल गराउन सिकाउनु परेको थियो । ‘ परिचय कसरी गर्ने ? सबैको पालैपालो परिचय गर्ने बानीको विकास गराउनु परेको थियो,’ गौतमले भने,‘ शुरु शुरुमा त हामीलाई लाज लाग्छ भन्नुहुन्थ्यो । परिचय नै नगरि हास्दै बस्नुहुन्थ्यो । पछि विस्तारै बानी पर्दै गयो ।’समूहमा समावेशि छ । दलित , क्षेत्रि पनि सहभागि छन् । समूह गठन हुनु अघि उनीहरु आपसमा परिचय दिन लजाउँथे । अहिले सबैसँग निर्धक्कसँग परिचय दिन्छन् । समूहबाट पालिकाको कृषि शाखामा गई तरकारी बीउबीजनहरु माग गर्छन् । समूहको हरेक महिना बैठक बस्छ । ‘वस्ती र समुदायका समस्याबारे छलफल हुन्छ । आवश्यकता के छ ? त्यो बारेमा छलफल गर्छौं । कुन कार्यक्रमको लागि कहाँ प्रस्ताव पेश गर्ने भन्ने निष्कर्षमा पुग्छौं,पुन भन्छिन,‘ खानेपानी, सिचाईं, तरकारी खेति लगायतका विषयमा छलफल गरि निर्णय गर्छौं ।’
किमिचौर सामुदायिक समूहमा रहेका महिलाहरुले २०७८ भदौ २५ गते हरियाली कृषक समूह बनाए ।‘ एक्लै भन्दा समूहमा रहेर काम गर्दा धेरै सजिलो हुने भए पछि कृषिमा संलग्नहरु मिलेर हरियाली कृषक समूह गठन गरियो ।’ उनले भनिन् । समूहबाट विभिन्न विषयमा सर्वसम्मत निर्णय हुने गरेको छ । किनमेल वा केहि कामले बजार जाँदा पालिकामा पनि पस्छन् । के के कार्यक्रम आएको छ ? सोध्छन् । त्यहिं अनुसार,प्रस्ताव पेश गर्न थालेका छन् । ट्याङ्कि, पाईप, सिचाई ट्यांकि लगायतका निर्माणकोलागि गाउँपालिकामा प्रस्ताव राखेर कार्यान्वयन समेत भएको छ । सहकर्मी समाजको सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत उनीहरुले प्रतिवेदन तथा प्रस्ताव लेखन तालिममा सहभागि भए पछि स्थानीय सरकारसँग माग गर्ने काम शुरु भएको हो । स्थानीय सरकारको काम, कर्तव्य बारे जानकारी पाएका हुन् । ‘पहिला थाहै थिएन । कहाँ के हो ? कसरी सहयोग माग्ने ? भन्ने थाहै थिएन । अरुको अगाडी बोल्नै सकस पथ्र्यो,’पुनले विगत स्मरण गर्दै भनिन,‘ सहकर्मी समाज र दलित विकास समाजले आयोजना गरेका तालिममा सहभागि भए पछि धक फुक्यो । बोल्न थालियो । प्रस्ताव लेख्न जानियो । समूहका सदस्यहरुले प्रतिवेदन तथा प्रस्तावना लेखन तालिम, पैरवी, क्षमता अभिवृद्धि, उद्यमशीलता तालिम लिएका छन् । समूहको बैठकमा छलफल गरेर तालिममा कुन सहभागिलाई पठाउने निर्णय गरिन्छ ।
पालिकाद्धारा आयोजित कार्यक्रममा समूहका सदस्यहरु सहभागि हुने गरेका छन् । योजना तर्जुमा हुन लागेको खबर प्राप्त हुने बित्तिकै समूहको बैठकमा छलफल समेत हुन्छ । टोलस्तरको योजना तर्जुमा गर्दा सक्रिय सहभागिता हुने गर्छ । नारि दिवस लगायतका कार्यक्रममा समेत सहभागिता जनाउँछन् । गाउँपालिकासँगको समन्वयबाट सहयोग प्राप्त हुने जानकारी पाएका सदस्यहरुको सरकारी निकायप्रतिको सोंच फेरिएको छ ।
सोंच फेरिएकै कारण पुन कृषि पेशामा आकर्षित भइन् । शुरु शुरुमा मौसम अनुसारको थोरै मात्रामा तरकारी खेति गरिन् । सीमित उत्पादनमै चित्त बुझाइन् । आम्दानी हुन थाले पछि अहिले उनको बारीमा गर्मी, बर्षा, हिउँद वा सुख्खा याममा लगाउने तरकारी देखिन्छन् । झण्डै ९ रोपनी जग्गामा अहिले तरकारी खेति गर्छिन् । ६ वर्ष देखि व्यवसायिक होमिएकी पुनको बारीमा काउली, सिमि, बन्दागोभि, भेंडे खुर्सानी लगायतका तरकारी उत्पादन हुन्छ । उत्पादित तरकारी सल्यानको कपुरकोटमा बेच्छिन् । स्वस्थ जीवन जीउन मात्र होइन विक्रि गरि आम्दानी हुँदा उनी खुशी छिन् । विगतमा शिक्षकको भरमा छोराछोरीको पढाई छोडिदिन्थे । छोराछोरीको पढाईको स्तरबारे खासै चासो राख्दैनथे । अहिले हरेक महिनाको एक पटक विद्यालय पुग्छन् । अहिले विद्यालयमा गएर सन्तानको पढाई बारे जानकारी लिन्छन् ।
२.

