काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को महामारी नियन्त्रणमा सरकारले हरसम्भव प्रयास गरेको बताएकी छन् । आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कोभिड नियन्त्रणमा तीनै तहका सरकारले काम गरेको बताइन् ।
‘हालसम्म लक्षित जनसंखयाको ९६ प्रतिशतलाई कोभिडविरुद्वको पहिलो मात्रा र ८५ प्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ । त्यस्तै, करिब ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाइसकिएको छ,’ राष्ट्रपति भण्डारीले बताएकी छन् । उनले तीन तहका सरकारले स्वास्थ्य पूर्वाधार, औषधि, अक्सिजन र जनशक्ति व्यवस्थापनमा काम गरेको बताइन् ।
सरकारले आधारभूत र जीवनरक्षक औषधि, खोप र अक्सिजन उत्पादनलाई थप प्रोत्साहन गर्ने भएको छ । नेपाली औषधि उत्पादहहरुको उत्पादन क्षमता वृद्धि गरी औषधिको आपूर्तिमा सुधार गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।नेपाली उत्पादनलाई बढावा दिने भएको छ। सरकारले स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि तीनै तहका सरकार परिचालित गर्ने भएको छ ।
जीवनरक्षक औषधि र खोप नेपालमै उत्पादन गर्न प्रोत्साहन गरिने
जीवनरक्षक औषधि र खोप नेपालमै उत्पादन गर्न प्रोत्साहन गरिने
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

