काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्र जनकपुरको स्नातक तह (बीएएमएस) बिएएमएसको सम्बन्धन सम्बन्धन खारेज गरेको छ ।
विश्वविद्यालयको कार्यकारी परिषदको माघ ११ गतेको बैठकको निर्णय नम्बर १३७ अनुसार सम्बन्धन खारेज गरिएको डिन कार्यालयले जनाएको छ ।
उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुको हकमा नेपाल संस्कृत विश्वविद्यालयको आंगिक केन्द्रीय आयुर्वेद विद्यापीठ दाङमा बाँकी अध्ययन पूरा गर्ने व्यवस्था मिलाइएकाले सोही अनुसार गर्न डिन कार्यालयका सहायक प्रशासकले जनाएका छन् ।

