काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहर असोज कात्तिक महिनामा देखा पर्ने वैज्ञानिकहरुले आँकलन गरेका छन् ।खोप लगाएका कारण अस्पताल भर्ना हुनेको संख्या कमी आउने वैज्ञानिकले अपेक्षा गरेका छन् ।
डिपार्टमेन्ट अफ साइन्स एण्ड टेक्नोलोजिद्धारा गठित सदस्य मणिन्द्र अग्रवालका अनुसार, अहिले तीनवटा दृश्य देखिएका छन् । पहिलो आशावादी छ, जुन अगस्टसम्म सामान्य बन्ने छ ।कोहि नयाँ म्युटेन्ट देखा पर्ने छैन । दोस्रो, खोपका कारण २० प्रतिशत निष्प्रभावि हुने छ । र , तेस्रो नयाँ भेरियन्टको आउँछ । जुन २५ प्रतिशत बढी संक्रामक हुने छ । जसमा डेल्टा प्लस भेरियन्ट नहुन पनि सक्छ । अगस्टको दोस्रो सातादेखि संक्रमणको ग्राफ माथि उक्लन शुरु गर्ने छ ।
भारतमा कस्तो होला ?
वैज्ञानिकहरुले दैनिक एक देखि दुई लाखसम्म संक्रमित हुने आंकलन गरेका छन् । जुन दोस्रो लहरको पीकको आधा मात्र हो । भदौको अन्तिम सातादेखि संक्रमण घट्दै गएको देखिने छ । दोस्रो लहरको अवधिमा ७ मे मा ४ लाख १४ हजार संक्रमित केस देखिएका थिए । खोपको रफ्तारले चौथो र पाँचौं लहरको संभावनालाई न्युन गर्ने मात्र हो । भारतमा तेस्रो लहरमा ५० हजारदेखि एक लाखसम्म संक्रमित हुन सक्ने अपेक्षा गरिएको छ ।
समितिका अर्का सदस्य विद्यासागरका अनुसार, अस्पतालमा भर्ना हुने विरामीको संख्यामा कमी आउन सक्छ ।
बेलायतमा जनवरिमा नयाँ संक्रमितको संख्या प्रतिदिन ६० हजारमा हाराहारिमा थियो । १२ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । चौथो लहरमा संक्रमित हुने व्यक्तिको संख्या घटेर २१ हजारमा झरेको थियो । त्यस्तै मृत्यु हुनेको संख्या पनि १४ मा झरेको थियो ।
बेलायतमा भर्ना हुनेको संख्या घट्नुमा खोप नै मुख्य कारक थियो ।

