काठमाडौं । डेल्टा भेरियन्टको कोरोना संक्रमण तिव्र गतिमा फैलिएको पाइएपछि अष्ट्रेलियाको सिड्नीमा दुई साताका लागि लकडाउन गरिएको छ । पछिल्लो समय ८० जनामा संक्रमण पुष्टी भएको बीबीसीले जनाएको छ । ५० लाख बढी जनसंख्या भएको सो क्षेत्रमा आगामी जुलाई ९ सम्म सर्वसाधारणलाई घरमै बस्न निर्देशन दिइएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि ३ दिनको प्रतिवन्ध पर्याप्त नहुने भन्दै २ साताका आवश्यक देखिएको न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिज बिरेजिक्लियानले बताउनुभएको छ । प्रहरीले लकडाउन उल्लङघन हुन नदिन नम्बर प्लेट पहिचान प्रविधि प्रयोग गरिने जनाएको छ ।भारतमा देखिएको डेल्टा भेरियन्टको कोरोना भाइरस हाल विश्वका ८५ बढी मुलुकमा पुष्टी भईसकेको छ ।

