काठमाडौं : ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका अभियन्ताहरुलाई पक्राउ गरिएको छ ।
बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक अगुवाहरु नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक , संजीव उप्रेती,अर्चना थापा , सरिता परियार, रिता परियार लगायत २० जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखिएको छ ।
कमलपोखरीका डिएसपी खुमलाल भुसालले निषेधाज्ञाको समयमा प्रदर्शनमा उत्रिएपछि आफूहरूले नियन्त्रणमा लिएको जानकारी दिए ।

