काठमाडौं । मुलुकमा कोराना संक्रमणको दर गत वर्ष भन्दा तीन गुणा बढीले वृद्धि भएको पाइएको छ । कोरोना संक्रमणको दोस्रो लहर झन् बढी जोखिमपूर्ण देखिएको छ ।
विज्ञहरुका अनुसार, अहिले कोरोना संक्रमण उचाई(चुरोमा) पुग्न लागेको अवस्था छ । विशेष गरि तीन वटा प्रदेशमा भने संक्रमण घटेको छ । चारवटा प्रदेशमा भने संक्रमण घटेको छ । समग्रमा हेर्दा खेरी गत साता भन्दा संक्रमण दरमा थोरै मात्र घटेको छ । महामारि विज्ञ डा. अर्चना श्रेष्ठका अनुसार, कोरोना संक्रमणको संख्यामा गत साता भन्दा थोरै गिरावट आएको छ । ५ दशमलव ७ प्रतिशतले संक्रमण घटेको देखिन्छ ।
विभिन्न प्र्देशमा संक्रमणमा थपघट भएको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको आइतबार गरेको प्रेस बिफ्रिङमा बोल्दै डा. श्रेष्ठले बागमति, गण्डकी र लुम्बिनी प्रदेशमा संक्रमण घटिरहेको बताइन । त्यस्तै प्रदेश १, प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने संक्रमण बढेको देखिन्छ । विशेषगरि प्रदेश २ मा गत साता भन्दा यो साता १०५ प्रतिशतले संक्रमणको संख्यामा वृद्धि भएको छ । त्यस्तै गरि मुलुकका सबै जिल्लागतरुपमा हेर्ने हो भने अहिले ५० वटा जिल्लामा संक्रमण व्यापकरुपमा फैलिरहेको छ । प्रतिलाख जनसंख्यामा दैनिक २७ दशमलव ८ कोरोना संक्रमण देखिन्छ । जसमध्ये दश जिल्लामा व्यापक संक्रमण भएको पाइएको छ । दशप्रतिलाख जनसंख्या भन्दा बढी केसहरु आएको ठाउँमा व्यापकरुपमा संक्रमण भएको बुझिन्छ । ५० वटा जिल्लामा व्यापकरुपमा नै फैलिरहेको डा. श्रेष्ठले जानकारी दिइन ।
दोस्रो लहरमा तीन गुणाले वृद्धि
विगत र यो वर्षको कोरोना संक्रमणको लहरलाई तुलनात्मकरुपमा हेर्दा यो वर्ष तीन गुणा बढीले संक्रमणमा वृद्धि भएको छ । ‘दोस्रो लहरको लगभग चुरोमा नै पुगिसकेको छ ।’ डा. श्रेष्ठले भनिन । पहिलो लहरमा प्रति दश लाख जनसंख्यामा झण्डै १३१ दशमलव ७मा दैनिक संक्रमण देखिएको थियो भने अहिले यो हप्ता ३०७ दशमलव ६ प्रति दश लाख जनसंख्यामा संक्रमण देखिएको छ ।
कोरोना परीक्षण पोजेटिभ आउने दरलाई पनि तुलनात्मकरुपमा हेर्ने हो भने गत वर्षको पहिलो लहरमा भन्दा दोस्रो लहमा बढी मात्रा वृद्धि भएको देखिन्छ । पहिलो वर्ष चुचुरोमा पुग्दाखेरि झण्डै २५ प्रतिशत जति पोजेटिभ संक्रमण दर थियो । यो वर्ष ४६ दशमलव ७ अर्थात एकदमै बढी नै पोजेटिभ दर देखिएको छ । पहिलो र दोस्रो लहरमा कोभिड संक्रमणको संख्यामा तुलना गर्दा र संक्रमितको उमेर समूह हेर्दा उस्ताउस्तै देखिन्छ । ‘पहिलो र दोस्रो लहरमा उमेर समूहको विभाजनलाई प्रतिशतमा हेर्ने हो भने उस्ताउस्तै नै देखिन्छ ।’ डा. श्रेष्ठले भनिन । कम उमेर समूहमा बढी संक्रमित भएको भन्ने कुराहरु आइरहेका छन् ।
दोस्रो लहरमा मृत्यु बढी
संक्रमण भने २५ देखि ४५ वर्ष उमेरको व्यक्ति नेपालमा बढी बढी भएको कारणले गर्दा प्रतिशतमा उस्तै भए पनि संख्यात्मक हिसाबले संक्रमणमा एकदमै धेरै वृद्धि भएको देखिन्छ । संक्रमितमा मृत्युको तुलना गर्ने हो भने विगतको वर्षमा भन्दा पहिलो लहरमा भन्दा दोस्रो लहरमा संक्रमितहरुमा एकदमै बढी देखिएको छ । महिला र पुरुष दुवैमा तुलनात्मकरुपमा हेर्ने हो भने महिला पुरुषमै बढी भएको छ । र, अहिले कुल मृत्युदर हेर्दा दोस्रो लहरमा लगभग १ दशमलव ३१प्रतिशत संक्रमितको मृत्यु भएको पाइएको छ । जबकी पहिलो लहरमा शून्य दशमलव ७५ प्रतिशत मृत्युदर थियो । पहिलो लहरमा पुरुषमा शून्य दशमलव ८१ प्रतिशत मृत्युदर थियो । दोस्रो लहरमा पुरुषमै १ दशमलव ५ प्रतिशत रहेको छ । त्यस्तै महिलामा पनि पहिलो लहरमा शून्य दशमलव ६५ प्रतिशत थियो । दोस्रो लहरमा महिलामा १ दशमलव शून्य ४ प्रतिशत रहेको छ ।
उमेर समूह अनुसार हेर्ने हो भने हरेक उमेर समूहमा मृत्यु हुने जोखिम बढी छ । विशेष गरि चार वर्ष मुनिका बालबालिकामा गत वर्ष शून्य दशमलव २ प्रतिशत मृत्युदर थियो । अहिले १ दशमलव १ प्रतिशत मृत्युदर देखिएको छ । ३५ वर्ष भन्दा माथि सबै उमेर समूहमा मृत्युदर बढ्दै गएको छ । जति बढी उमेर समूह हो त्यति बढी नै मृत्यु भएको देखिएको छ ।
स्थानीय तहको भूमिका महत्वपूर्ण
नागरिक समाज र हरेक निकायको संक्रमणको नियन्त्रणमा उत्तिकै भूमिका रहेको हुन्छ । विशेष गरि सबैजना सचेत हुन जरुरी छ । संक्रमणको संख्या अहिले घटिरहेको देखिएता पनि जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने हो भने संक्रमण संख्या नघटेर बढ्न जान सक्छ । त्यसैकारण कोभिडको जाँच गर्नु पनि रहेको छ । हरेक जनाले ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने लगायतका लक्षणहरु देखा परे आफूलाई घर परिवार र समाजबाट आइसोलेट गर्ने र कोभिडको परीक्षण गर्ने गर्दा संक्रमितलाई छिटो आइसोलेट गर्न सक्छौं । उच्च जोखिम भएका ठाउँहरुमा विशेषगरि (संक्रमण फैलिएको स्थानमा) कोभिड १९को परीक्षण गर्यो भने समुदायमा संक्रमण फैलनबाट जोगाउन सक्छौं ।
कोभिड नियन्त्रणमा कन्ट्याक्ट टे«सिङको एकदमै ठूलो भूमिका हुन्छ । जो जो संक्रमित हुनुहुन्छ । उहाँहरुको एकदमै ठूलो भूमिका हुन्छ । आफ्नो लक्षण देखिएको दुई दिन देखि दश दिन पछाडीसम्म आफूले भेटघाट भएका व्यक्तिहरुलाई तीनवटा सूचना दिने– पहिलो दश दिनसम्म घरमै क्वारेन्टाइन बस्न आग्रह गर्ने, दोस्रो आफूले भेटेको सातौं दिनमा कोरोना परीक्षणको सल्लाह लिने र तेस्रो लक्षण देखिएको बेलामा तुरुन्तै परीक्षण गर्न सल्लाह दिने ।
अहिले कन्ट्याक्ट टे«सिङ र लक्षणबाट आउनु भएकालाई सरकारी परीक्षण केन्द्रमा निःशुल्क परीक्षण गर्ने व्यवस्था पनि मिलाइएको छ ।
अहिले धेरैजसो होम आइसोलेसनमा हुनुहुन्छ । होम आइसोलेसनमा पनि निरन्तररुपमा निगरानी गर्नु जरुरी छ । त्यसमा विशेष गरि रगतमा अक्सिजनको मात्रा मापन गर्नु पर्छ । नियमितरुपमा कोभिडको चिन्ह र लक्षणलाई निरिक्षण गर्न जरुरी छ ।
अक्सिजनको मात्रा ९२ प्रतिशत भन्दा कम वा कुनै गम्भीर प्रकारको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नु जरुरी हुन्छ । अहिले गाउँ गाउँमा संक्रमण फैलिरहेको भन्ने कुराहरु आइरहेका छन् । गाउँमा परीक्षण एकदमै कम भइरहेको छ । एउटा गाउँबाट अर्को गाउँमा आवतजावत गर्न निषेध गरेको अवस्थालाई स्थानीय निकायले पनि निगरानी गरेर निशेधाज्ञालाई प्रभावकारि ढंगले अवलम्बन गर्न जरुरी हुन्छ ।
कोेरोना महामारिमा स्थानीय तहको भूमिका एकदमै प्रभावकारि देखिन्छ । स्थानीय तहमा पनि परीक्षणको क्षमतालाई वृद्धि गर्ने, कन्टयाक्ट टे«सिङलाई बलियो बनाउने, होम आइसोलेसन बसेका व्यक्तिको अनुगमन गर्ने र स्वास्थ्य संस्थामा व्यवस्थापनको व्यवस्था गर्ने र यसका साथै जनस्वास्थ्य साधनको पनि नियमित अनुगमन गर्नाले स्थानीय स्तरमा समुदायमा अझ बढी संक्रमण हुनबाट जोगाउन सक्छौं ।

