कोरोना भाइरसले न त उमेर भन्छ, न त जात । सावधानी नअपनाए जो कोहिको मृत्यु हुने तथ्यांकले नै देखाएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड प्रमुख डा. सञ्जीव शर्माका अनुसार, एक्कासी संक्रमितको मृत्यु हुन्छ । त्यो भनेको साईटोक्राइम्स स्टर्म हो । एक किसिमको केमिकल साइटोक्राइम्स शरीरमा हुन्छ । ती साइृक्राइम्सकोे हुरी आउनु हो । कोभिडको बेला शरीरको प्रतिरक्षा प्रणाली र भाइरसबीच लडाई हुन्छ । त्यसमा एक किसिमको केमिकल्सहरु शरीरमा हवात्तै बढ्छन । त्यो बढेपछि विभिन्न अंग बिगार्छ । हुरी आउँदा घर भत्काएजस्तो् । यस खालको मृत्यु जो सुकैको पनि हुन सक्छ ।
कोरोना भाइरस संक्रमणबाट भदौ १५ गतेसम्म २ सय २८ जनाको ज्यान गएका छ । जसमध्ये ५३ प्रतिशत २१ देखि ६० वर्ष उमेर समूहका हुन् । २१ देखि ४० वर्ष उमेर समूहमा ३५ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २० प्रतिशतमा यस अघि कुनै स्वास्थ्य समस्या नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीको भनाई छ ।
ज्यान गुमाउँदै, युवायुवति
ज्यान गुमाउँदै, युवायुवति
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

