काठमाडौं ।
काठमाडौं महानगरपालिकामा भदौ ८ गतेसम्म कोरोना संक्रमितको संख्या १ हजार ८ सय ४० पुगेको छ भने १२ जनाको मृत्यु भएको छ।
महानगर प्रवक्ता ईश्वरमान डंगोलका अनुसार १५ प्रतिशत संक्रमितलाई लक्षण देखिएको छ। संक्रमितमध्ये ५०० जना होम आइसोलेसनमा छन् भन्ने उनको अनुमान छ।होम आइसोलेसनमा बसेका बिरामीले आफूलाई गाह्रो हुँदै गए महानगरको हटलाइन् ११८०, वडाध्यक्ष वा वडाकै स्वास्थ्यकर्मीलाई फोन गरेर समस्या राख्न सक्ने व्यवस्था मिलाइएको उनले बताए।महानगरसँग अहिले ७ वटा एम्बुलेन्स छन्। काठमाडौंको बलम्बु, भक्तपुरको खरिपाटी लगायत विभिन्न ठाउँ गरी अहिलेसम्म काठमाडौंमा १५ सय आइसोलेसन भएको उनले जानकारी दिए। ुलक्षण देखिएका संक्रमितको उपचार जिम्मा संघीय सरकारले लिने, आइसोलेसन वार्डहरू प्रदेश सरकारले बनाउने र महानगरपालिकाले बिरामीलाई सहयोग, अनुगमन, कन्ट्याक ट्रेसिङ लगायत गर्ने समझदारी छ,ु उनले भने, ुतीनवटै सरकार मिलेर ६ हजार आइसोलेसन उपत्यकामा बनाउने भनिएको छ।
पहिलो चरणमा १५ सयदेखि २ हजार बेडको आइसोलेसन बनाउन सुरू गरिहाल्ने निर्णय भएको उनले बताए। साता दिनअघि नै महानगरपालिकाले १ हजार बेडको आइसोलेसन एक साताभित्र बनाउने घोषणा गरेको थियो। उनले भने, घोषणा गरेर मात्र नहुने रहेछ। आइसोलेसन वार्ड बनाउन त्यति सहज छैन। जहाँ ठाउँ छ, त्यहाँ मान्छेले डिस्टर्ब गरेको छ, राख्न दिएको छैन। जहाँ डिस्टर्ब हुन्न, त्यहाँ ठाउँ भए पनि बनाउन सम्भव भएन।साभार, सेतोपाटि भदौ १०

