काठमाडौं । डा. सुधाकर झा माथी हातपात गर्ने पीडकलाई कारवाहीको माग गर्दै जनकपुरमा चिकित्सक एवं स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गरेका छन ।
दुई साता अघि बिरामीका आफन्तद्धारा डा. झामाथी दुर्वव्यहार भएको थियो । उक्त घटनाको विरोध गर्दै मंगलबार प्रदर्शन गरेका छन । असार ११ गते झापाको विर्तामोडमा डा. झा कार्यरत अस्पतालमा विरामीको आफन्तले हातपात गरेका थिए । सेवामा रहँदा भएको कुटपीटको विरोध गर्दै पीडकलाई कारवाहीको माग गर्दै सोसाइटी अफ मेडिकल स्टुडेन्टस्, नेपालले प्रदर्शन गरेका हुन् ।
सोसाइटी अफ मेडिकल स्टुडेन्टस्, नेपालका कार्यकारी सदस्य विवेक महासेठ र चन्दन यादवको नेतृत्वमा भएको उक्त कार्यक्रममा जनकपुरका चिकित्सक, विद्यार्थी एवं स्थानीयको उपस्थित रहेको थियो । प्रदेशिक अस्पताल देखि सुरू भएको जुलुस जनकचोकमा गएर कोण सभामा परिणत भएको थियो।
कोण सभामा डा. सुधाकर झा,अभिषेक यादव, चन्दन यादव, विवेक महासेठ लगायतले पीडक माथी तत्काल कारवाही गर्न माग राखेका थिए । कोरोना भाइरस संक्रमणको अवस्थामा अग्रपङ्तिमा कार्यरत चिकित्सकमाथी हुने दुव्र्यवहारले मनोबल घट्ने र सेवाको भावनामा कमी हुने चिकित्सा विद्यार्थीले जनाएका छन ।
पीडित डा. झालाई कुटपीट गर्नेलाई कारवाही नभएसम्म आन्दोलन जारी राख्ने सोसाइटी अफ मेडिकल स्टुडेन्ट्स नेपालका महासचिव निराजन यादवले बताए ।
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाहीको माग
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाहीको माग
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

