काठमाडौं । रोल्पाको क्वारेन्टाइनमा बसिरहेका अवस्थामा एक युवाले आत्महत्या गरेका छन् ।गत असार १० गते दुबईबाट रोल्पा आएका गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय एभान सार्कीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङका अनुसार असार १७ गते उनले दिउसो झुन्डिएर आत्महत्या गरेका हुन ।
गाउँपालिकाले बनाएका क्वारेन्टाइटन भरिएका छन । त्यसपछि उनी गाउँकै काका नाता पर्नेको घरमा उनी एक्लै बस्दै आएका थिए । झुन्डिएको अवस्थामा उनकै १० वर्षका छोराले देखेर परिवारलाई खबर गरेपछि घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ ।
भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरू सँगै उनी बस्न नमानेको जनाइएको छ । उनकै बुवाले आफन्तको खाली घरमा होम क्वारेन्टाइनमा राख्नको लागि लगेको गंगादेव गाउँपालिका–५ वडाध्यक्ष मानबहादुर डाँगीले बताए । आत्महत्याको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

