काठमाडौं । मृत्युपछि मात्र कोरोना संक्रमणको पोजेटिभको पुष्टि हुँदा मुलुकको स्वास्थ्य प्रणाली र परीक्षणप्रति प्रश्न उठेको छ । स्वाब अर्थात पीसीआर परीक्षणमा ढीलाई हुँदा मृत्युपछि कोरोना पोजेटिभको पुष्टि हुन थालेको हो ।
कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने आठ जनामध्ये ६जनाको मृत्युपछि मात्र कोरोना भाइरस (कोभिड १९) पोजेटिभको पुष्टि भएको छ । मृत्यु भएकामध्ये एक जनाको त अन्त्येष्टि सकिएको एकसातापछि बल्ल कोरोना भाइरस पोजेटिभको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।
शनिवार विहान ज्यान गुमाएका दैलेख जिल्ला, दुल्लु —११ आखितडाका ३५ वर्षिय युवाको मृत्युपछि स्वाब परीक्षण गरिएको थियो । उनको क्वारेन्टाइनमा बसिरहेको बेला ज्यान गएको हो । कोरोना पहिचान नभई मृत्यु हुनुले राज्य संयन्त्र, स्वास्थ्य प्रणाली र नेतृत्वप्रति प्रश्न उब्जाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले बताए । उनले भने,‘क्वारेन्टाइनमा आरडीटी विधिबाट मात्र गरिएको छ । जोखिम क्षेत्रबाट आएका व्यक्तिको क्वारेन्टाइनमा शुरुमै पीसीआर परीक्षण गरेको भए यस्तो अवस्था आउने थिएन ।’
संक्रमणबाट मृत्यु भएकी पहिलो व्यक्ति सिन्धुपाल्चोककी महिला हुन । २९ वर्षिया ती महिलाको जेठ १ गते निधन भएको थियो । उनको पनि मृत्यु भएपछि बल्ल कोरोना पोजेटिभको पुष्टि मन्त्रालयले गरेको थियो ।
त्यस्तै, मृत्यु भएका बाँकेका युवाको पनि मृत्युपछि कोरोना पोजेटिभ भएको पुष्टी गरिएको थियो । उनको जेठ ४ गते नरैनापुरस्थित क्वारेन्टाइनमा ज्यान गएको थियो । उनको पनि मृत्युपछि मात्र कोराना पोजेटिभको पुष्टि भएको थियो । बारा जिल्लाका वृद्धकोे कोरोना भाइरसबाट जेठ ४ गते निधन भएको थियो । तर, अन्त्येष्टि गरिएको आठ दिनपछि कोरोना भाइरस पोजेटिभ भएको पुष्टि गरिएको थियो । जेठ १२ गते कोरोना संक्रमणको पुष्टि मन्त्रालयले गरेको थियो ।
छैंटौ अर्घाखाँचि जिल्लाको भूमिकास्थान नगरपालिकाका युवाको कोरोना संक्रमणको पुष्टि जेठ १५ गते भएको थियो । भारतबाट आएका ३५ वर्षिय युवाको जेठ १० गते ज्यान गएको थियो । मृत्युभएसँगै उनको जिल्ला सदरमुकाम सन्धिखर्कमा अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टि पछि कोरोना पोजेटिभको पुष्टि भएको थियो । उनको जेठ ११ गते नमूना संकलन गरिएको थियो । पाँच दिनपछि कोरोना पोजेटिभको पुष्टी भएको थियो ।
मृत्युपछि कोरोना पुष्टि !
मृत्युपछि कोरोना पुष्टि !
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

