काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्राडा संगिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले प्रतिष्ठानका लागि कम गुणस्तरको एमआरआई मेशिन खरिद गराई आर्थिक अनियमितता गरेको अभियोग लगाउँदै विशेष अदालतमा विहीबार मुद्दा दायर गरेको हो । प्रतिष्ठानका तत्कालीन उपकूलपति प्राडा भण्डारीसहित तत्कालीन कायममुकायम रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी लगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यसैगरी आयोगले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी, प्रतिष्ठानका शाखा अधिकृतद्धय छायाँ डीसी र श्रीराम चौधरी,आईटी अफिसर हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अन्जु शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरी, स्वास्थ्य सेवा विभागका तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थ केयर प्रालिका अध्यक्ष पोस्टराज ज्ञवालीलाई पनि प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ । बद्नियत राखि गैरकानुनी लाभ पुर्याएको भन्दै १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैंया विगो कायम गरिएको छ । प्रतिवादीहरुबाट जनहि ९ करोड ३४ लाख २६ हजार ६ सय १९ रुपैंया असुल उपर गर्न मागदावी गरिएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली,२०६४ को प्रतिकुल हुने गरि बद्नियत राखेर एमआरई मेसिन खरिद गरिएको दावी अभियोग पत्रमा गरिएको छ । मेशिन खरिद आवश्यकताको पहिचान एवं खरिद गुरुयोजना नै नबनाई बजेट माग गरी गराई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेको अख्तियारले जनाएको छ ।
राप्ती स्वास्थ्य प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राडा भण्डारी सहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा
राप्ती स्वास्थ्य प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राडा भण्डारी सहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा
"प्रतिवादीहरुबाट जनहि ९ करोड ३४ लाख २६ हजार ६ सय १९ रुपैंया असुल उपर गर्न मागदावी "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

