काठमाडौं । निजी मेडिकल कलेजहरूले सोमबार र मंगलबारको आन्दोलनका क्रममा घाइते सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेका छन् ।
एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राध्यापक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै मेडिकल कलेजहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क उपचार सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी गराएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, “यस दुःखद घटनाबाट पीडित सम्पूर्णलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, सबै मेडिकल कलेजहरूलाई घाइतेहरूको उपचारमा पूर्ण समर्पणसहित सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ ।”

