काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी मातहतको स्वास्थ्य र कानुन विभाग प्रमुख तोकेको छ । हालै सम्पन्न पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार प्रमुख तथा उपप्रमुख तोकिएको हो । यस्तै केहीमा सदस्य पनि तोकिएको छ । सो पार्टीका अनुसार स्वास्थ्य विभाग प्रमुखमा डा. बंशिधर मिश्र र उपप्रमुखमा राधा सिलवाल चयन भएकी छिन् । डा. मिश्र पार्टीको स्थायि कमिटि सदस्य हुन भने सिलवाल केन्द्रीय सदस्य हुन् ।
त्यस्तै कानुन विभाग प्रमुखमा डा.देउमान सम्बाहम्फे र उपप्रमुखमा कुलप्रसाद फुयाँल भएका छन् । डा. सम्बाहम्फे पार्टीको पोलिटव्युरो सदस्य हुन् । त्यस्तै फुयाँल केन्द्रीय सदस्य हुन् ।

