काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल फिभर र थकानका कारण शुक्रवारको सबै सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनको स्वास्थ्यमा जटिल समस्या भने छैन। अहिले उनी घरमै आराम गरिरहेका छन्। निरन्तरको कामकाजको व्यस्तताका कारण थकान महसुस गरेपछि प्रधानमन्त्री ओलीले स्वेच्छिक रुपमा आराम गर्न चाहेको सचिवालयले जनाएको छ।
स्वास्थ्य हेरचाहमा पुगेका एक चिकित्सकले भनिन, भाइरल फिभर भएको हो । हिंजो (शुक्रवार ) म पुग्दा ज्वरो घटेको थियो । सामान्यरुपमा आइसकेको थियो, ज्वरो ।’

