काठमाडौं ।
नाम : डा. रामशंकर ठाकुर
अभियोग : अकुत सम्पत्ति आर्जन १ करोड १८ लाख
मुद्दा दर्ता : २०७३ (सफाई)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतम मेडिकल सुपरिटेन्डेन्ट पदमा कार्यरत थिए, डा. रामशंकर ठाकुर । उनी २०४३ असार ४ गते सरकारी सेवामा प्रवेश गरेका थिए ।
उनले सेवा प्रवेश गरेदेखि २०६९ असारमसान्तसम्मको सम्पूर्ण आय व्ययको विश्लेषण गर्यो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले । जसमध्ये १ करोड १८ लाख २७ हजार १३ रुपैंयाको स्रोत खुल्न सकेन ।
अख्तियारको प्रतिवेदनमा डा. ठाकुरले के कस्तो आयस्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने पुष्टि गर्न नसकेको उल्लेख छ ।
उनले अकुत सम्पत्ति कमाई परिवारको नाममा राखेको अख्तियारको दावी छ ।
अख्तियारले चल अचल सम्पत्ति जफत प्रयोजनको लागि विन्दुदेवी ठाकुर र जितेश ठाकुरलाई प्रतिवादी बनाई मुद्दा दायर गर्यो । २०७३ भदौ २० मा विशेष अदालतमा मुद्दा दायर गरयो । तर, विशेष अदालतले सफाई दियो । २०७८ चैत १३ गते विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यद्धय शालिग्राम कोईराला र बलभद्र वास्तोलाको इजलासले सफाई दिएको थियो ।

