काठमाडौं । भरतपुर अस्पताल चितवनका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवराज भुर्तेलले अकुत सम्पत्ति कमाएको खुलेको छ।
डा. भुर्तेलले सार्वजनिक पद धारण गरेपछि २ करोड ६३ लाख ५२ हजार ६६८ अवैध आर्जन गरेको पाइएको छ। उनको २ करोड ६३ लाख ५२ हजार ६६ को सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दावी छ।
२०७५ वैशाख १३ गते अस्पतालको चारपटकसम्म मेसु बन्दा भुर्तेलले पदको दुरुपयोग गरी अकुत सम्पती आर्जन गरेको भन्दै विषेश अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेको थियो।
डा. भुर्तेललाई ३ महिना कैद, ३३ लाख ५६ हजार रुपैयाँ जरिवाना र सोही बराबर विगो भराउनुपर्ने फैसला अदालतले गरेको थियो। विशेषका अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरू प्रमोदकुमार श्रेष्ठ, नारायणप्रसाद पोखरेलले फैसला सुनाएका थिए।

