काठमाडौं । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति प्राडा बलभद्र प्रसाद दासले पदमा छँदा खुब रजाई गरें ।
डा. दासले २०५० सालमा जुनियर रजिस्टारबाट सेवा सुरु गरेका थिए । दास अस्पतालका निर्देशक सम्म पुगे । २०६८ सालमा उपकुलपति र प्राध्यापक पनि भए । यो अवधिमा उनले यति धेरै कमाए की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारि पनि चकित परे ।
यो अवधिमा उनले ७ करोड ७१ लख ९२ हजार ८ सय ६० रुपैंया बराबरको गैर कानुनी सम्पत्ति आर्जन गरेको पाइएको छ ।
डा. दासले आर्जन गरेको अवैध आम्दानी पत्नी पुनम दासको नाममा राखेको पाइएको छ । जसको स्रोत खुलेको छैन । २०८० जेठ १८ गतेको विशेषका न्यायाधीश खुसीप्रसाद थारु र बलभद्र बाँस्तोलाको इजलासले उनलाई दोषि ठहर गरेको हो । उनलाई अदालतले १ वर्ष कैद र २५ हजार रुपैंया जरिवाना हुने ठहर गरेको छ ।

