पत्रकारितामा गज्जब गर्ने भए सम्पादक होइन रिपोर्टर हुनु पर्छ । म चाहिं सानै उमेरमा सम्पादक भएँ । नेपाल म्यागेजिनका सम्पादक हुँदा राम्रो पत्रकारिता गर्ने हो भने सम्पादक होइन, रिपोर्टर नै हुनुपर्छ। म सानै उमेरमा सम्पादक भएँ। नेपाल म्यागेजिनको सम्पादक हुँदा २७\२८ वर्षको थिएँ। चार,पाँच वर्षपछि कान्तिपुरको सम्पादक भएँ। त्यहाँ १४\१५ वर्ष बित्यो। साहसिक किसिमले पत्रकारिता गर्नकोलागि र समाजसँग प्रत्यक्ष जोडिनकोलागि रिपोर्टरको रुपमा जुन मजा आउँछ, त्या मजा सम्पादकको रुपमा आउँदैन । रिपार्टरलाई आफ्ना बीट वा कुनै रिपोर्टिंगको जिम्मा हुन्छ । त्यो गरे भइहाल्छ । न्युजरुप, मोबिलाइज गर्ने म्यानेजरियलका झन्झटयुक्त भूमिका सहितको सम्पूर्ण जिम्मेवारी सम्पादकले बहन गर्नु पर्ने हुन्छ । नेपालमा त धेरै कुरा व्यवसायिक हुन समेत बाँकी छ । तर, रिपोर्टर स्वतन्त्र हुन्छ । मज्जाले लेख्ने स्वतन्त्रता पनि पाउँछ । त्यसको छुट्टै मजा छ । मलाई अहिले आएर अलि लामै समय रिपोर्टर भइराख्नु पथ्र्यो भन्ने अहिले पनि लाग्छ । साहसिक पत्रकारिता गर्न, समाजसँग गाढा गरी भिज्न रिपोर्टरका रूपमा जति मजा हुन्छ, सम्पादकका रूपमा हुँदैन।
सबैले खोजपूर्ण रिपोर्टिंग गर्नु पर्छ भन्ने छैन । पत्रकारिता धेरै खालको हुन्छ। कसैलाई फिचर लेखमा मजा आउला । कसैलाई प्रोफाईल ( व्यक्तिचित्र) मा एक्सपर्ट होला । कोही अन्तर्वार्ता लिनमा होला । कसैलाई अनुसन्धानमूलक समाचार लेख्न मन पर्ला। कसैलाई समसामयिक राजनीतिक घटनाक्रमको तात्तातो अपडेट गर्न मन पर्ला, कोही प्रतिक्रिया बढी लिन मन पराउलान्। कसैलाई अलि गम्भीर इस्युमा रिपोर्टिंग गरुँ भन्ने होला । कोही विश्लेषणमा रमाउने पनि होला । त्यसैले पत्रकारिता थरिथरिको हुन्छ । हाम्रोमा पनि थरिथरिका व्यक्ति चाहिन्छ । यो विविधतामा नेपाली पत्रकारितामा समस्या छ । विविधता दिनकोलागि वातावरण बनाउनु पर्यो । न्युजरुपमा त्यो वातावरण छ की छैन भन्ने नै हो । अहिले संख्यात्मकरुपमा हाम्रो पत्रकारिता धेरै फैलिएको छ । धेरैवटा स साना मिडिया भएकोले पत्रकारहरु पनि आबद्ध भइरहेका हुन्छन् । संख्याका हिसाबले मिडिया बढेका छन् । कुन खालको पत्रकारिता गर्ने भन्ने हो। पत्रकारितामा यी सबै चाहिन्छ। तर, हाम्रोमा यो विविधतामा पनि राम्रो समाचार बनाउनेमा समस्या भयो। त्यो समस्याको अभ्यासकर्ता म पनि भएँ।
अहिले मिडियाको संख्या त बढिरहेको छ, तर ठूला मिडिया हाउस(प्ल्याट फर्महरु) खुम्चिरहेका छन् । एकै ठाउँमा सयौंले काम गर्ने प्ल्ट्याट फर्महरु खुम्चेका छन् । एक खालको संक्रमणबाट नेपाली पत्रकारिता गुज्रिरहेको छ । व्यवसायिक, आर्थिक कारणले मात्र होइन की प्रविधिमा आएको परिवर्तन, डिजिटाइज्ड विश्वले ल्याएको परिवर्तन लगायतका धेरै कारणले पत्रकारिमा मात्र होइन नेपाली समाज पनि संक्रमणमा गइरहेको छ । रिपोर्टिगमा ठूलो लगानी गर्नमा पनि समस्या होला । कस्तो रिपोर्टिग गर्ने भन्नेमा एउटा संवाददातामा पनि भर पर्छ । स्रोतहरु कमै हुँदा पनि राम्रो गर्न सक्ने हुनु पर्छ । पत्रकार हुनकोलागि मुख्यतः दुई कुरा चाहिन्छ । राम्रो रिपोर्टिंग गर्छु भन्ने प्रतिबद्धता हुनु पर्यो । त्यो प्रतिबद्धता साँच्चैको हुनु पर्छ । अहिले पत्रकारिता गरेर पछि कतै जान्छु भन्ने सोंच हुनु भएन । त्यो क्षणिक हुन पुग्छ । दीर्घकालिनरुपमा रिपोर्टिंगको प्रतिबद्धता हुनु पर्छ । दोस्रो, लेखनमा पोख्त हुनु पर्यो । पाठकसमक्ष पुर्याउने क्षमता आवश्यक पर्छ ।
राम्रो खालको रिपोर्टिंग छ भने अब ठूलै प्ल्याट फर्मको जरुरी पर्दैन । जहाँ जुनसुकै कुनामा वा नचलेको मिडियामा आए पनि हाईलाइट हुन्छ । सोसल मिडियाले गर्दा बाहिर लाइमलाईटमा आउने हुन्छ । हामीले रिपोर्टिंग शुरु गर्दा त्यो अवस्था थिएन । त्यसले गर्दा खेरी फाट्फुट आइरहेको छ । तर, त्यसलाई टेण्डको रुपमा आएको छैन । यो खालको विषयवस्तु यो मिडियाबाट यसरी आउँछ वा यो रिपोर्टरले यसरी गर्छ है भन्ने खालको पार्नु पर्छ । तर, यो अहिले अलि कमै छ । त्यसरी जानै पर्छ । यदि गएनौं भने जुन संक्रमण भनिएको छ , त्यसमा हराउन पुग्छौं । पहिले जस्तो सूचना दिनकोलागि मात्रै पत्रकारिता चाहिंदैन । मोबाइल हेर्ने हो भने सोसल मिडियाबाट आएको हुन्छ । धेरै कुराहरु आइसकेको हुन्छ । त्यसलाई बाँधेर अलि विश्लेषणात्मक चिज पाठकले खोजिरहेको हुन्छ । नयाँ चिज खोजिरहेको हुन्छ ।
लामो लेखन क्षमता सबै पत्रकारको हुँदैन । कोशिश गर्यो भने हुन्छ । लामो लेखन क्षमतामा वृद्धि गर्नु पर्छ, खासगरि छापा पत्रिकामा । अनलाइनलाई पनि चाहिन्छ । कतिपय अनलाईनको घटनाको तुरुन्तै अपडेट गर्ने प्रवृत्ति छ । तर, अलिकति बसेर लामो पढ्ने पनि त चाहियो नि । सूचना त ओभर फ्लो नै भएको छ । यतिधेरै सुसूचित पनि हुनु पर्दैन । एउटा इस्यु यताबाट उता ठोक्किरहेको हुन्छ । दिमागलाई कति चाहिन्छ भन्ने कुरा हरेक व्यक्तिले सोंच्नु पर्छ । धेरै सूचना पनि चाहिने होइन । राम्रो र सहित सुचना भए पुग्छ । त्यो सूचना प्रशोधित गरिएको हुनु पर्यो । पत्रकारिता पहिले भन्दा उन्नत किसिमले अगाडी बढेको छ । प्रविधिगत पनि छ । लेखाई राम्रो हुनु पर्छ, पत्रकारको । लेखनशैली सुधार्नमा अलिकति कम मेहनत गरिरहेको हो की भन्ने लाग्छ, कहिलेकाहिं । । नयाँ पुस्तामा पनि त्यो क्षमता देखेको छुँ ।
आर्थिकसँगै प्रविधिले ल्याएको परिवर्तनले पत्रकारिता संक्रमणकालीन अवस्थामा छ। त्यसैले मिडिया हाउसले अनुसन्धनात्मक रिपोर्टिङमा ठूलो लगानी खन्याउन केही समस्या होला। कस्तो रिपोर्टिङ गर्ने भन्नेमा रिपोर्टरमा पनि भर पर्छ। स्रोतसाधन कम हुँदा पनि राम्रो गर्न खोज्ने प्रतिबद्धताले आफूलाई अगाडि लैजान सकिन्छ।न्यूजरूममा खोजमूलक समाचारमा मात्र रुचि र दक्षता भएका रिपोर्टर हुँदैनन्। पहिचान गरेर त्यस्तो समाचार दिने वातावरण बनाउनुपर्छ। नभए सतही पत्रकारिता मात्रै हुन्छ।
राम्रो रिपोर्टिङ सानै मिडियामा आए पनि प्रभाव पार्ने वातावरण छ, सामाजिक सञ्जालले गर्दा। फाट्टफुट्ट राम्रा रिपोर्टिङ नआएको त होइन, नियमित रूपमा भने आएको देखिंदैन। यो मिडियामा, यो रिपोर्टरबाट यस्तो राम्रो रिपोर्ट नियमित आउँछ भन्ने चाहिं कमी छ।अब सूचना मात्रै दिनलाई पत्रकारिता चाहिंदैन। सबै सूचना मोबाइलबाटै पाइन्छ। सूचना त ‘ओभरफ्लो’ भइरहेको छ। गहन सामग्री पस्कनेतर्फ गएनौं भने पत्रकारिताको यो संक्रमणमा हराइन्छ।
मानिसले विश्लेषणात्मक, नयाँ र अनुसन्धनात्मक विषय नै खोजिरहेका हुन्छन्। ‘लङ फर्म’ लेखनीको सीप, क्षमता झन् चाहिन्छ। प्रशोधित सूचना सहितका ठोस रिपोर्टिङ पत्रकारितामा खाँचो देखिन्छ। अन्तर्वार्ता मात्र लिएर, अपडेट मात्र गरेर पत्रकारिताले समाजको वास्तविकता देखाउन सकिंदैन। गहन सामग्री बढाउनैपर्छ। नत्र डिजिटल माध्यमको यो दबाबले पत्रकारितालाई अर्कैतिर लगिदिन सक्छ।
प्रविधि, क्षमताले पत्रकारिता पहिलेभन्दा उन्नत नै देख्छु। तर, राम्रो रिपोर्टिङको नियमितता पाइँदैन। पत्रकार भएपछि लेखाइ राम्रो हुनुपर्यो। अहिले लेखन सीप विकास गर्न मेहनत कमी छ। राम्रो लेखनी भएका पत्रकार मेरो ठम्याइमा आठ,दश जना मात्रै छन्, जसको बाइलाइन देखें कि पढिहाल्छु। साभार : हिमाल खबर डट कम शनिबार, भदौ २, २०८०

