काठमाडौं । आर्थिक सर्वेक्षण २०७९\८० आर्थिक सर्वेक्षण अनुसार मानव संशाधन उत्पादनको दृष्टिले स्वास्थ्य क्षेत्रमा नेपालमा प्रति एक हजार जनसंख्यामा १ दशमलव १५ चिकित्सक र २ दशमलव ५४ नर्स रहेका छन् । २०७९ पुससम्म दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ३ लाख ७ हजार ४८ पुगेको छ । स्वास्थ्य संस्थामा प्रसुति गराउने महिलाको संख्या ७९ दशमलव ३ प्रतिशत पुगेको छ । पूर्ण खोप लगाउने बालबालिकाको संख्या ८० प्रतिशत पुगेको छ ।
औसत आयु, मातृ मृत्युदर, पाँच वर्ष मुनिका बाल मृत्युदर, नवजात मृत्युदर, प्राथमिक तथा आधारभूत तहको खुद भर्नादर, आधारभूत खानेपानीको पहुँच लगायतका सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ ।

