काठमाडौं – सरकारले चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । सोमबार (१७ गते २०७८) बसेको
मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका–१५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्मा शिक्षक अस्पताल निर्माणको प्रस्ताव पेस गरेका थिए । २१ बिघा जग्गामा अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ । शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो । बिमल शर्मा चालिसे संयोजकत्वको समितिले यी ठाउँ प्रस्ताव गरेको हो । सरकारले शिक्षक अस्पताल स्थापनाको योजना अघि सारे पनि विज्ञहरूले पेसापिच्छे स्वास्थ्य संस्था स्थापना गर्नु उचित नहुने भन्दै आलोचना गरेका छन् । सेना, प्रहरीबाहेक निजामती कर्मचारीको अस्पताल हाल सञ्चालनमा रहेको छ ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. शिलु मानन्धर वज्राचार्यलाई नियुक्ति दिने निर्णय गरेको छ । ८ महिनापछि विश्वविद्यालयले महिला उपकुलपति पाएको हो । उनी विश्वविद्यालयको उपकुलपति बन्ने नेपालकै दोस्रो महिला हुन् । यसअघि सुदूरपश्चिम विश्वविद्यालयमा भूषण श्रेष्ठ पहिलो उपकुलपति बनेकी थिइन् । वज्राचार्य यसअघि खुला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायको डिन थिइन् भने उनी शंकरदेव क्याम्पसको पूर्वप्रमुखसमेत हुन् ।
चितवनमा शिक्षक अस्पताल बन्ने
चितवनमा शिक्षक अस्पताल बन्ने
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

