मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ ।यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ ।
कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो ।
विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ।
लागु औषध नियन्त्रण ऐन 2033 को दफा 3 मा लागु औषधलाई
गाँजा
औषधोपयोगी गाँजा
अफिम
तैयारीको अफिम
औषधोपयोगि अफिम
कोकाको झार र पात र
अफिम तथा कोककाको सारतत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने कुनै पदार्थ।
नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकर्तिक वा कृत्रिम लागु औषध तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवणहरू तथा अन्य पदार्थ समेत सम्झनु पर्दछ भनि परिभाषित गरिएको छ।
लागु औषध प्रयोगकर्तामा के कस्ता स्वास्थ्य समस्या देखिन्छन् ?
लागु औषधको प्रयोगबाट प्रयोगकर्ताहरूमा हेपाटाइटिस B/C, क्षयरोग, एच.आई.भि./एड्स, एस.टि.डी., कुपोषण लगायत विभिन्न स्वास्थ्य समस्या देखापर्दछन्।त्यसैगरी लागु औषधको सेवनबाटै व्यक्तिको अकालमा ज्यानै पनि जाने गर्दछ।
लागु औषध कति प्रकारका हुन्छन् ?
मुख्य गरेर लागु पदार्थहरूलाई दुई भागमा बिभाजन गरिएको छ ।
प्राकृतिक लागु पदार्थः- प्राकृतिक रुपमा उम्रने वा मानिसद्धारा उत्पादित पदार्थहरू जस्तै– गाजा, चरेस, भाङ्ग, धतुरो, अफिम, रक्सी, आदिलाई प्राकृतिक लागु पदार्थ भनिन्छ ।
औषधि जन्य लागु पदार्थः– मानव जीवन रक्षाको लागि निर्मित औषधिजन्य पदार्थहरू जसलाई चिकित्सकको सल्लाह विपरित नशा लिनको लागि प्रयोग गर्दछन् त्यसलाई औषधिजन्य लागु पदार्थ भनिन्छ । जस्तैः- नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन,, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन नो–कफ आदि ।
नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण 2076 का अनुसार लागु औषध दुर्व्यसनका कारणहरू देहाय अनुसारका रहेको पाइयोः
साथीसँगीको दबाब
मनोरञ्जनका लागि
उत्सुकता
खुसी हुन
मानसिक तनाव
पारिवारीक समस्या
डिप्रेसन
पढार्इमा समस्या
लागु औषध प्रयोगकर्ताहरूमा देहाय अनुसारका कुनै वा सबै लक्षणहरू देखिन सक्दछन।
एकान्तमा बस्न रुचाउने ।
असमान्य व्यवहार देखाउने ।
दुव्लाउदै जाने ।
पढ्न मन नगर्ने ।
अपराध कर्ममा लाग्ने ।
धन सम्पतिको बरबादी तिर लाग्ने ।
समाजमा बिभिन्न प्रकारका अपराधहरू घट्दै जाने ।
सामाजिक मुल्य र मान्यताहरू भतकिदै जाने ।
लागु औषधका असरहरू के-के हुन्छन् ?
लागु पदार्थको सेवनबाट हुने असरहरूलार्इ देहाय अनुसार उल्लेख गर्न सकिन्छ।
शारीरिक असरः- एच.आई.भि.\एड्स, हेपाटाईटिस तथा यौनजन्य रोगहरू संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रूचि नहुने, ओभरडोज भएर मृत्यु समेत हुने ।
मानसिक असरः- एकोहोरोपन, फ्रस्टेसन, डिप्रेशन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको श्रृजना, आत्महत्या गर्न प्रेरित हुने ।
पारिवारिक तथा सामाजिक असरः- पारिवारिक असमझदारी बढ्ने, घरको सामानहरू चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दुरि बढने, अनैतिक कार्यमा संलग्न हुने ईत्यादि ।
नेपालमा हाल कति लागु औषध प्रयोगकर्ता रहेका छन् ?
नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण 2076 का अनुसार नेपालमा 1,30,424 जना लागु औषध प्रयोगकर्ता रहेको देखिन्छ। यस अघि 2069 मा गरिएको सर्वेक्षणमा 91,534 जना प्रयोगकर्ता थिए। 2076 को सर्वेक्षण प्रतिवेदन अनुसार लागु औषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर 5.06 प्रतिशत रहेको छ।
लागु औषध प्रयोगकर्ताले लागु औषध प्राप्तिका श्रोतहरू के-के हुन् ?
नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण 2076 का अनुसार लागु औषध प्रयोगकर्ताले लागु औषध प्राप्तिका श्रोतहरू देहाय बमोजिम रहेका छन्
प्राप्तिको श्रोत प्रतिशत
साथिसंगी 67.7
डुलन्ते विक्रेता 14.1
औषधी पसल 8.4
अन्य पसल 7.2
इन्टरनेटको माध्यम 2.5
अन्य 0.4
लागु औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरू के-के हुन ?
लागु औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरू देहाय वमोजिम रहेको छ
लागु औषध (नियन्त्रण) ऐन, 2033
लागु औषध नियन्त्रण राष्ट्रिय नीति, 2063
लागु औषध नियन्त्रण रणनीति, 2066
लागु औषध नियन्त्रण कार्ययोजना,2075
लागु औषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुन:स्थापना केन्द्र सञ्चालन निर्देशिका,2075
लागु औषधको नियन्त्रण र रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानिय तहलाई मार्गदर्शन,2076
लागु औषधको मौखिक प्रतिस्थापन उपचार पद्धति कार्यसञ्चालन निर्देशिका,2070
साझेदारीमा लागु औषध प्रयोगकर्ताहरूको उपचार तथा पुनस्थापना केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि,2075

