काठमाडौं, काठमाडौँ, १४ मंसिर । राष्ट्रिय योजना आयोगका सदस्य डा. उमा शंकर प्रसादले नेपालमा नर्सिङ जनशक्ति पर्याप्त भए पनि चिकित्सकहरुको संख्या अपुग भएको बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको दुई दिने वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उमा शंकरले नेपालमा नर्सिङ जनशक्ति पुगेको तर चिकित्सक अझै पनि अभाव रहेको बताए । नर्सिङ जनशक्ति बढी भई सकेको छ, उनले थपे,अस्ति मेडिकल प्रोफेसनलसंग छलफलमा थिए । त्यो बेला थाहा पाए नर्सिङ अब नेपालमा पुगिसकेको रहेछ । तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार डाक्टर उत्पादनमा धेरै पछाडी रहेका छौं । तीन गुणा डाक्टर बढाउनुपर्ने अवस्था छ ।
स्वास्थ्य जनशक्तिको अवस्था के छ ? आर्थिक अवस्था के छ ? अस्पतालको अवस्था के छ ? कति डाक्टर, नर्स छन् यो विषयमा स्वास्थ्य मन्त्रालयलाई जानकारी नभएको उनले दावी गरे ।
स्वास्थ्यमा जनशक्ति माग र पूर्तिको विषयमा पनि छलफल हुनुपर्ने उनको सुझाव थियो ।

