काठमाडौं । ११ मंसीरमा मुलुकका ७ वटा जिल्लामा भएका मोटरसाईकल दुर्घटनामा ७ जनाको ज्यान गयो ।
भक्तपुर, मध्यपुर ठिमी नगरपालिका —६ पुरानो ठिमी हुकाम ओरालोमा गाडी र बा १० प ९५०८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाए । शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका —१ क्वाँछे बस्ने २८ वर्षिय सिजन फसिकवाको मृत्यु भयो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
०००
पर्सा, वीरगंज महानगरपालिका –१४ स्थित सडकमा मधेश प्रदेश ०३ –०२७ प ००९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका १२ मुर्ली बस्ने १९ वर्षिय साहिल अंसारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्पर्श हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय सरताज अंसारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
०००
मोरङ, पथरी शनिश्चरे नगरपालिका२ जयचोकमा प्रदेश १–०२–००४० प ७७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक मिक्लाजुङ ७ मधुमल्ला बस्ने २५ वर्षिय मनिहाङ लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
०००
झापा, गौरादह नगरपालिका १ गुरुङ चोकमा प्र–१–०१–०१५ प ५७४ नम्बरको मोटरसाईकलले र प्र –१ –०१ –०२ ह ४६५ नम्बरको सिटीलाई शनिबार साँझ ठक्कर दिँदा सिटीमा सवार दमक नगरपालिका ५ बस्ने २६ वर्षीय लेखनाथ राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर र १ जनाको मध्यम रहेको छ ।
००० ००
बर्दिया, राजापुर नगरपालिका १० रामजानकी चोकमा ‘अन टेष्ट’ लेखिएको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २० वर्षिय बिनम्र थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल सवार सोही ठाउँ बस्ने २३ वर्षीय प्रबिण थारुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
०००
तेह्रथुम, म्याङ्लुङ नगरपालिका ९ दशगते पार्कमा को.२१ प ४२२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउको पिल्लरमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा चालक फेदाप गाउँपालिका २ बस्ने ४२ वर्षीय चन्द्र बहादुर लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तेह्रथुम हुँदै थप उपचारका लागि धरान घोपातर्फ लैजाने क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
०००
कैलाली, गौरीगंगा नगरपालिका–१ मंगलपुरमा प्रदेश २–०३–०२० प १३९१ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार कैलारी गाउँपालिका ८ बस्ने ३५ वर्षीय राजेश चौधरीको मृत्यु भएको छ । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सात जिल्लामा मोटरसाईकल दुर्घटना
सात जिल्लामा मोटरसाईकल दुर्घटना
"७ जनाको ज्यान गयो "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

