अस्पताललाई चार वर्षमा चार सय बेडमा संचालन गर्ने लक्ष्य रहेको डा पौडेलले जानकारी दिनुभयो । त्यसको लागि समिति गठन भइसकेको छ । अस्पतालको विकासका लागि अध्ययन गर्ने र प्रतिवेदन बुझाएपछि सोही अनुसार काम अगाडि बढाउने उहाँको भनाइ छ । काठमाडौँ ,छिट्टै नै अस्पतालमा मोडुलर आइसीयू सञ्चालनमा ल्याउने भएको छ ।हाल ठूला निजी अस्पतालमा मात्र सञ्चालनमा आएको यस्ता आइसीयूमा नेगेटिभ प्रेसर रुम हुने गरेका छन् जसले संक्रमण फैलिनबाट जोगाउँछ ।
अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलका अनुसार १६ बेडको मोडुलर आईसीयू सञ्चालन गर्न लागेको हो । अबको छ महिनामा निमार्ण सम्पन गरी सञ्चालनमा ल्याइने छ । आईसीयू निमार्ण भएपछि अस्पतालले १० देखि १५ हजारमै त्यो सेवा उपलब्ध गराउने डा पौडेलले बताए ।
अस्पतालले शय्या थप्ने तयारी गरेको छ । हाल अस्पतालमा १३२ शय्या सञ्चालनमा रहेका छन् । अस्पतालका निर्देशक डा विधाननिधि पौडेलले अबको ४ वर्षभित्रमा ४०० बेडसम्म पुर्याउने लक्ष्य रहेको बताए । उनले भवनको क्षमता बढाउनका लागि दुई चरणको गुरुयोजना बनिसकेको जानकारी गराए ।अस्पतालले मंगलबार गरेको पत्रकार सम्मलेनमा निर्देशक पौडेलले ७ वटा प्रदेशमा सिभिल अस्पतालले आफ्ना सेवाहरु विस्तार गर्ने बताए ।
‘हामीले पाँच वटा प्रदेशमा विभिन्न अस्पतालसँग सेवा दिनको लागि छलफल गरिसकेका छौं । सबै प्रदेशमा कुनै निश्चित अस्पतालमा यहाँ दिइरहेको सेवा बिरामीले पाउनेछन् र काठमाडौं धाइरहनु पर्दैन,’ उनले भने ।

