काठमाडौं । मुलुकको सबैभन्दा जेठो वीर अस्पतालमा रगतजन्य वंशाणुगत रोगको निस्शुल्क उपचार सुरु भएको छ । यही चैत १४ गतेदेखि मेडिकल जेनेटिक तथा हेमाटोलोजी डे केयर सुरु भएको हो । डे केयर सेन्टरमा १८ शय्या रहेका छन् ।
दुई वर्षअघि स्वास्थ्य मन्त्रालयले वंशाणुगत रोग विशेषज्ञको नवौं तहको दरबन्दी सिर्जना गरेको छ‚ जसमा वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुर काम गरिरहेकी छिन् । हाल नेपालमा २ जना मात्र वंशाणुगत रोग विशेषज्ञ छन् ।
केही निजी अस्पतालबाहेक मेडिकल जेनेटिक युनिट वीर अस्पतालमा मात्र रहेको छ । ९ वर्षअघि जेनेटिक क्लिनिक सुरु भएको अस्पतालमा ५ वर्षअघि मात्र जेनेटिक ल्याब सञ्चालमा आएको हो‚ जहाँ ७५ हजारभन्दा बढी परीक्षणहरू भइसकेका छन् तर जेनेटिक ल्याबमा पर्याप्त सुविधाहरू थपिन सकेका छैनन् ।
वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुर वीर अस्पताल वंशाणुगत रोगको नेसनल रेफरल सेन्टर भए पनि यसका सेवाहरू सीमित भएको बताउँदै भविष्यमा अपग्रेड गरेर लैजाने सोचेको बताइन् । डा ठाकुर भन्छिन्‚ ‘ हाम्रो उद्देश्य अबको १० वर्षमा इन्स्टिच्युट अफ जेनेटिक्स एन्ड जेनोमिक्स खोल्ने हो‚ जहाँ हरेक प्रकारको अनुवांशिक रोगको परीक्षण नेपालमै होस्; जहाँ जेनेटिक्स पढाइ पनि होस् र बिरामी पनि हेरियोस् ।’
उनले जेनेटिक वार्ड सुरु गरेसँगै दोस्रो चरणमा यी रोगहरूको जेनेटिक टेस्ट, जस्तै डाइग्नोस्टिक टेस्टिङ, क्यारियर टेस्टिङ, प्रि-नेटल टेस्टिङ सबै सुरु गर्ने लक्ष्य रहेको बताइन् । ‘जति पनि अनुवांशिक रोगहरू छन्; भइसकेपछि केही गर्न सकिन्न; यसलाई गर्ने भनेको प्रिभेन्सन नै हो । एउटा थालसेमिया भएको बच्चालाई ४०–५० वर्षको आयुसम्म बाँच्नलाई डेढ करोड रुपैयाँ खर्च हुन्छ । अहिलेसम्म रेकर्डेड तथ्यांक हेर्दा वार्षिक ३० देखि ३२ जना यस्ता बच्चा जन्मिन्छन् । बरु सुरुमै प्रि-नेटल टेस्ट गर्दा खर्च कम हुन्छ,’ डा ठाकुरले भनिन् ।
उनका अनुसार सरकारले वंशाणुगत रोगको रोकथामका लागि केही कदम चाले पनि शतप्रतिशत छैन । डा ठाकुर भन्छिन्‚ ‘प्रिभेन्सनलाई ध्यान दिन लगानी आवश्यक छ । ठूलो लगानी चाहिन्छ । अलिकति राम्रो खर्च गरेर एउटा सेटअप गर्न सक्यो भने थुप्रै वंशाणुगत परीक्षण तुरुन्तै हुन्थे । यो सेवा भयो भने यसले दीर्घकालीन रुपमा आर्थिक भारलाई ५० प्रतिशतसम्म घटाउँछ । हामीले अर्को महिनामा नयाँ ६ वटा परीक्षण पनि सुरु गर्ने भएका छौँ‚ जुन नेपालमा अरु सरकारी अस्पतालमा कतै हुँदैन ।’
अस्पतालका रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा निरजकुमार सिंहले जति पनि रगतजन्य रोगहरूको नि:शुल्क उपचार सुरु गरिएको बताए । उनका अनुसार बिरामीहरूले नि:शुल्क रक्त सञ्चार सेवा, ब्लड ट्रान्सफ्युजन (रगत प्रदान गर्ने), रोगलाई चाहिने औषधि, नियमित रगत परीक्षण, हेमोफोलियाको बिरामीलाई प्रोटिन फ्याक्टर आदि नि:शुल्क प्रदान गरिने छ ।
दुई वर्षअघि स्वास्थ्य मन्त्रालयले वंशाणुगत रोग विशेषज्ञको नवौं तहको दरबन्दी सिर्जना गरेको छ‚ जसमा वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुर काम गरिरहेकी छिन् । हाल नेपालमा २ जना मात्र वंशाणुगत रोग विशेषज्ञ छन् ।
केही निजी अस्पतालबाहेक मेडिकल जेनेटिक युनिट वीर अस्पतालमा मात्र रहेको छ । ९ वर्षअघि जेनेटिक क्लिनिक सुरु भएको अस्पतालमा ५ वर्षअघि मात्र जेनेटिक ल्याब सञ्चालमा आएको हो‚ जहाँ ७५ हजारभन्दा बढी परीक्षणहरू भइसकेका छन् तर जेनेटिक ल्याबमा पर्याप्त सुविधाहरू थपिन सकेका छैनन् ।
वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुर वीर अस्पताल वंशाणुगत रोगको नेसनल रेफरल सेन्टर भए पनि यसका सेवाहरू सीमित भएको बताउँदै भविष्यमा अपग्रेड गरेर लैजाने सोचेको बताइन् । डा ठाकुर भन्छिन्‚ ‘ हाम्रो उद्देश्य अबको १० वर्षमा इन्स्टिच्युट अफ जेनेटिक्स एन्ड जेनोमिक्स खोल्ने हो‚ जहाँ हरेक प्रकारको अनुवांशिक रोगको परीक्षण नेपालमै होस्; जहाँ जेनेटिक्स पढाइ पनि होस् र बिरामी पनि हेरियोस् ।’
उनले जेनेटिक वार्ड सुरु गरेसँगै दोस्रो चरणमा यी रोगहरूको जेनेटिक टेस्ट, जस्तै डाइग्नोस्टिक टेस्टिङ, क्यारियर टेस्टिङ, प्रि-नेटल टेस्टिङ सबै सुरु गर्ने लक्ष्य रहेको बताइन् । ‘जति पनि अनुवांशिक रोगहरू छन्; भइसकेपछि केही गर्न सकिन्न; यसलाई गर्ने भनेको प्रिभेन्सन नै हो । एउटा थालसेमिया भएको बच्चालाई ४०–५० वर्षको आयुसम्म बाँच्नलाई डेढ करोड रुपैयाँ खर्च हुन्छ । अहिलेसम्म रेकर्डेड तथ्यांक हेर्दा वार्षिक ३० देखि ३२ जना यस्ता बच्चा जन्मिन्छन् । बरु सुरुमै प्रि-नेटल टेस्ट गर्दा खर्च कम हुन्छ,’ डा ठाकुरले भनिन् ।
उनका अनुसार सरकारले वंशाणुगत रोगको रोकथामका लागि केही कदम चाले पनि शतप्रतिशत छैन । डा ठाकुर भन्छिन्‚ ‘प्रिभेन्सनलाई ध्यान दिन लगानी आवश्यक छ । ठूलो लगानी चाहिन्छ । अलिकति राम्रो खर्च गरेर एउटा सेटअप गर्न सक्यो भने थुप्रै वंशाणुगत परीक्षण तुरुन्तै हुन्थे । यो सेवा भयो भने यसले दीर्घकालीन रुपमा आर्थिक भारलाई ५० प्रतिशतसम्म घटाउँछ । हामीले अर्को महिनामा नयाँ ६ वटा परीक्षण पनि सुरु गर्ने भएका छौँ‚ जुन नेपालमा अरु सरकारी अस्पतालमा कतै हुँदैन ।’
अस्पतालका रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा सिंहले रगतजन्य रोगहरूमा बोन म्यारो ट्रान्सप्लान्ट सफल देखिएकोमा सरकारले यसको सेवा सुरु गर्नेमा ध्यान दिनुपर्ने बताए । ‘यो ट्रान्सप्लान्ट गर्न सक्ने जनशक्ति नेपालमै छन् । रगतजन्य रोगलाई निको बनाउने पद्धति यो सफल पद्धति हो,’ उनले भने ।दिनुपर्ने बताए । ‘यो ट्रान्सप्लान्ट गर्न सक्ने जनशक्ति नेपालमै छन् । रगतजन्य रोगलाई निको बनाउने पद्धति यो सफल पद्धति हो,’ उनले भने ।