काठमाडौं – उपचार गर्न आएकी युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा ललितपुरको मेडिसिटी अस्पतालका चिकित्सक रोहितकुमार झा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले झालाई सोमबार अपराह्न अस्पतालबाटै समातेको हो । उनी अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत छन् ।
झाले आइतबार नियमित स्वास्थ्य जाँचमा आएकी एक युवतीमाथि अस्पतालकै कोठामा बलात्कार प्रयास गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए । ‘पीडित युवतीको उजुरीका आधारमा झालाई पक्रिएको हो,’ उनले भने । युवतीले आइतबार झाले आफूमाथि यौन दुर्व्यवहार गरेको किटानी जाहेरी दिएकी थिइन् ।
झालाई अनुसन्धानका लागि म्याद थप गर्न मंगलबार अदालतमा पेस गरिने राईले जानकारी दिए । उनलाई ललितपुर प्रहरी परिसरको हिरासतमा राखिएको छ । ललितपुर प्रहरीले गत बिहीबार रोजगारी दिलाइदिने नाममा गोदावरी लगेर युवतीमाथि बलात्कार प्रयास गर्ने सिनामंगलस्थित मिता कन्सल्टेन्सीका सञ्चालक रोहितकुमार ढुंगानालाई पनि पक्रिएको थियो । उनी पनि ललितपुर प्रहरीकै हिरासतमा छन् ।
साभार कान्तिपुर : २०७६ मंसिर १०
बलात्कार प्रयास आरोपमा चिकित्सक पक्राउ
बलात्कार प्रयास आरोपमा चिकित्सक पक्राउ
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

