(काठमाडौं) – एक पैसामा पनि सामान किन्न पाइन्छ - पत्याउनै नसकिने गरी वीर अस्पतालमा अक्सिजन सिलिन्डर ट्रली, हि्वलचेयर, बिरामी सुताएर गुडाउन मिल्ने ट्रलीलगायत स्वास्थ्य उपकरण १ पैसाको दरमा खरिद गरिरहेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -न्याम्स) अर्न्तर्गतको वीर अस्पताल खरिद इकाईले हजारौं पर्ने स्वास्थ्य उपकरण १ पैसामा खरिद गरिरहेको हो । स्वास्थ्य क्षेत्रका संवेदनशील उपकरण १ पैसामा खरिद हुनुले अस्पतालको स्वास्थ्य सेवाको गुणस्तरमै शंका उब्जिएको छ ।
पछिल्लो पटक अस्पतालले बुधबार श्री श्रेष्ठ साइन्टिफिक टे्रडस -सप्लायर्स र्फम) को टेन्डर स्वीकृत गर्यो । निवेदन दिने चार र्फममध्ये सबभन्दा सस्तो मूल्यमा सामान दिने कबोलेकाले श्री श्रेष्ठको टेन्डर स्वीकृत भएको हो । अरूले १० हजारसम्म तोकेका उपकरण यो र्फमले एक पैसामा दिने भएको छ । भण्डारी र्सर्जिकल हाउसले ५ हजार ८ सय रुपैया“ तोकेको अक्सिजन सिलिन्डर ट्रली श्रेष्ठले एक पैसामा दिने भएको छ । बजारमा यो उपकरणलाई ३ हजार रुपैया“सम्म पर्छ । गुणस्तरीय हि्वलचियरको बजार मूल्य अहिले ८ देखि १० हजारसम्म छ । प्रतिस्पर्धामा उत्रेका अन्य र्फमले यो सामानको भाउ यही हाराहारी तोकेका छन् । श्री श्रेष्ठले भने १ पैसामै अस्पताललाई दिन तयार भएको छ । १० हजार बजार मूल्यको औषधि बोक्ने ट्रली पनि एक पैसामा खरिद गरि“दै छ । लगभग ५ हजार पर्ने एक्सरे हर्ेर्ने उपकरण -एक्सरे भीयू बक्स), ६ हजारसम्म पर्ने बिरामी सुताएर गुडाउन मिल्ने ट्रली पनि एक पैसामा श्री श्रेष्ठले दि“दै छ । अस्पतालले १७ वटा स्वास्थ्य उपकरण एक पैसाका दरले खरिद गरेको हो । श्री श्रेष्ठको २० लाख १३ हजार २ सय रुपैया“को टेन्डर स्वीकृत भएको हो ।
खरिद सम्झौताअनुसार यी र्फमले आवश्यक पर्दा अस्पतालमा सामान पठाउनर्ुपर्छ । टेन्डर हात परिसकेपछि एक-दर्ुइ महिना तोकेकै भाउमा सामान दिन्छन् । त्यसपछि बजार अभाव भन्दै अस्पतालमा सामान पठाउ“दैनन् । सामान अभाव भएपछि अस्पतालले अन्तैबाट कोटेसन -५ लाखभन्दा कम मूल्यको सिधै खरिद प्रक्रिया) मा सामान खरिद गर्छ । कोटेसनमा खरिद गरिएका सामान फेरि बजारभाउअनुसार मह“गो हुन्छ । स्रोत कर्मचारी भन्छन्, ‘कोटेसनमा सामान खरिद गर्नेर् र्फम पनि टेन्डर लिने व्यक्तिकै हुन्छ । एक पैसामा अस्पताललाई सामान दिनुपर्दाको मूल्य कोटेसनबाट उठाइरहेका छन् ।’ अर्कोतिर सस्तोमा खरिद गरिएका सामानको गुणस्तर सुनिश्चित हु“दैन । अस्पतालमा उपकरण भित्रिए पनि छोटो समयमै बिग्रिएर थन्किने गर्छ । स्रोतका अनुसार अस्पतालको खरिद इकाईका कर्मचारीले आफू निकट र्फमलाई टेन्डर दिन यसरी मिलेमतो गर्छन् । सस्तोमा उपकरण खरिद गर्ने नाममा बारम्बार खरिद कारोबार गर्दा अनियमितता भइरहन्छ ।
वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले श्री श्रेष्ठ मह“गा उपकरण एक पैसामा दिन तयार भएकामा आफू चकित परेको बताए । ‘हामी खरिद ऐनले बा“धिएका छौं, ऐनअनुसार जसले सस्तोमा दिन्छ उसैलाई टेन्डर दिनर्ुपर्छ, नत्र हामी कारबाहीमा पर्र्छौं,’ उनले भने, ‘सम्झौताअनुरूप तोकेको मूल्यमा सामान नदिए श्रेष्ठ र्फमको टेन्डर रद्द गरिदिन्छौं ।’ उनका अनुसार धरौटी रकमबाट पनि अस्पताललाई घाटा हुन्छ ।
न्याम्सको वैशाख १ गते रासन सामग्री खरिदको टेन्डरमा पनि यस्तै गरेको थियो । अस्पतालले चिनी, बिस्कुट, तेललगायत खाद्यान्नका विभिन्न सामग्री एक रुपैया“मा पाएकै भरमा अयोग्य र्फमको टेन्डर स्वीकृत गरेको थियो । जसले सस्तोमा दिन्छ उसकै टेन्डर स्वीकृत गर्नुपर्ने नियमविपरीत न्याम्सले चमेना गृहको टेन्डर स्वीकृत गरेको छ । सन्तोषी खाजाघर नामक र्फमले ७ लाख २२ हजार ४ सयमा भाडा तिर्ने प्रस्ताव राखेको थियो, तर न्याम्सले ९ लाख ६० हजार भाडा तिर्ने र्सतमा जी एन्ड बी क्याफेको टेन्डर स्वीकृत गरेको छ ।
न्याम्सबाट गत आर्थिक वर्षा पनि उपकरण खरिदमा अनियमितता भएको थियो । हिमालयन मेडिटेक सप्लाई र्फमले १५ करोड ९५ लाखमा दिन तयार भएको न्युरो सिटी उपकरण टेन्डर अस्वीकृत गरी न्याम्सले बायोमेड इन्टरनेसनल सप्लाई र्फमस“ग २० करोड ४९ लाख मूल्यमा टेन्डर स्वीकृत गरेको थियो । र्सार्वजनिक खरिद ऐन नियमअनुसार हिमालयनले पाउनर्ुपर्ने टेन्डर बायोमेडलाई दिएपछि विवादमा परेको यो विषय अझै सुल्भिmएको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान थालेको छ ।

